बुधबार, असार १७, २०८३

युगान्डासँगको दोस्रो खेलमा पनि नेपाल पराजित

कीर्तिपुरमा जारी नेपाल–युगान्डा महिला टी–२० सिरिजको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ।
 |  मंगलबार, जेठ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३, २०७९

काठमाडौं– कीर्तिपुरमा जारी नेपाल–युगान्डा महिला टी–२० सिरिजको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। त्रिभुवन विश्वविद्यायलको क्रिकेट मैदानमा भर्खरै सम्पन्न भएको खेलमा सिरिज आयोजक नेपालले युगान्डासँग १ विकेटको हार बेहोरेको हो।

दोस्रो खेलमा टस हारेको नेपालले पहिले ब्याटिङको अवसर पाएको थियो। कीर्तिपुरमा नेपालले पूरा ओभर खेल्दै सात विकेट गुमाएर १०१ रन बनाएपछि १०२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा युगान्डाले एक बल बाँकी रहँदै नौ विकेट गुमाएर निर्धारित १०२ रनको लक्ष्य पूरा गरेर जित निकाल्यो। नेपाली बलरविरुद्ध युगान्डाका रिता मुसामालीले ३० रन बनाइन् भने फ्रांकलिन जाज्जुम्बाले १९ रन बनाइन्।

त्यस्तै, जानेट एमबाबाजीले पनि १६ रनको योगदान दिएकी थिइन्। यसबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन्। बलिङमा नेपालका लागि कविता कुँवर र सबनम राईले समान २–२ विकेट लिए।

त्यस्तै, सिता राना मगर र रुविना क्षेत्रीले पनि समान १–१ विकेट गिराएका थिए। 

पहिलो पारीमा नेपालका लागि सरिता मगरले २७ बलमा २२ रनको योगदान दिइन्। सरिता मैदान पस्नुअघि आउट भएकी अप्सरी बेगमले १२ बलमा तीन रन बनाएर पेवेलियन फर्किसकेकी थिइन्। त्यस्तै, इन्दू वर्मालाई नेपालले पहिलो विकेटका रुपमा गुमाएको थियो। इन्दुले आजको खेलमा पाँच रन मात्र बनाइन्।

ओपनिङमा क्रिजमा आएकी विन्दू रावलले भने २६ रनको योगदान दिइन्। नेपाली टिमकी कप्तान रुविना क्षेत्रीले पनि १५ बलमा १७ रन बनाइन्।

नेपालविरुद्ध बलिङमा जानेत एम्बाबाजीले दुई विकेट गिराइन भने रिता मुसामाली, कोन्सी अवेको र इवेल्न अनिपोले समान १–१ विकेट लिए।

नेपालले पहिलो खेलमा पनि हार बेहोरेको थियो। भने दोस्रो खेलमा पनि हार बेहोरेको हो। नेपालको यो हारसँगै जिम्बाबेको टिम २–० ले अघि रहेको छ। पाँच खेलको सिरिजमा युगान्डाको महिला टिमले अर्को एक खेल जितेमा उसले सिरिज जित्नेछ।

यता सिरिज जित्नका लागि अब नेपालले बाँकी तीन खेलमै जित निकाल्नु पर्नेछ।

प्रकाशित: May 17, 2022| 16:40 मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।