शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

धनगढीमा अन्तरघातको चर्चा : कसले कसलाई दियो धोका?

अहिले धनगढीमा कांग्रेसलाई स्वतन्त्र उम्मेदवारले आच्छु आच्छु पारिरहेका छन्। धनगढीमा २०७४ सालको स्थानीय तह निर्वाचनमा मेयर र उपमेयर दुवैमा कांग्रेस विजयी भएको थियो।
 |  मंगलबार, जेठ ३, २०७९
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

मंगलबार, जेठ ३, २०७९

काठमाडौं- कैलालीको धनगढी उपमहानगरपालिका कुनै बेला नेपाली कांग्रेसको गढ मानिन्थ्यो। कांग्रेसको जोसुकै उठे पनि त्यहाँ अन्य दललाई जित्न निकै मुस्किल हुन्थ्यो। तर, पछिल्लो समय कैलालीमा कांग्रेसको अवस्था खस्किँदो छ। त्यसमा पनि धनगढी उपमहानगरपालिकामा कांग्रेस थप कमजोर बनेको छ।

triton college

अहिले धनगढीमा कांग्रेसलाई स्वतन्त्र उम्मेदवारले आच्छु आच्छु पारिरहेका छन्। धनगढीमा २०७४ सालको स्थानीय तह निर्वाचनमा  मेयर र उपमेयर दुवैमा कांग्रेस विजयी भएको थियो। मेयरमा नृपबहादुर वड र उपमेयरमा सुशीला भट्ट विजयी भएका थिए। मेयरमा विजयी वडले १४ हजार ३२४ मत प्राप्त गरेका थिए। स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार ५२७ मत प्राप्त गरेका थिए।

अहिलेको निर्वाचनमा मेयरका लागि वड र हमाल नै प्रतिस्पर्धामा छन्। आँप चुनाव चिह्नबाट चुनाव लडेका स्वतन्त्र उम्मेदवार हमालले सुरुवाती अग्रतालाई फराकिलो बनाउँदै लगेका छन्। 

पाँच वर्षमै कांग्रेस धनगढीमा कसरी कमजोर बन्यो भन्ने विषयले यतिबेला चर्चा पाइरहेको छ। कैलालीमा नृप वड पराजित भए प्रधानमन्त्री पत्नीसमेत रहेकी कांग्रेस नेतृ आरजु राणाकै हार मानिने कांग्रेसकै एक नेताले बताएका छन्। उनले कार्यकर्ता र जनताको भावना विपरीत टिकट बाँड्दा कांग्रेसलाई अन्तरघात भएको बताए।

नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनार कैलालीमा कांग्रेसलाई अन्तरघात भएको बताउँछन्। 'धनगढीमा कांग्रेसलाई अन्तरघात भएको प्रष्ट छ। मेरै २ नम्बर वडामा कांग्रेसका ६ सय ६३ जना क्रियाशील सदस्य छन्। कांग्रेसलाई क्रियाशील सदस्य भएजति मत पनि आउँदैन। त्यो भनेको अन्तरघात भएको प्रष्ट हुनु हो,' उनी भन्छन्।

Metro Mart
vianet

उनी आफ्नो उम्मेदवारलाई घात गर्दा पार्टी नै कमजोर हुने भएकाले धनगढीमा गलत भएको बताउँछन्। टिकट वितरणमा सबै नेता-कार्यकर्ताको भावना समेट्न नसक्दा पनि अहिलेको अवस्था आएको उनको ठहर छ। 'यहाँ आरजु भाउजूको बोलीले पनि धेरै कुरा बिगारेको छ। उहाँप्रति पनि जनताको आक्रोश छ। धनगढीमा संगठन परिचालन भएन। मेयर, केन्द्रीय सदस्य सबै ठाउँमा एउटै व्यक्तिलाई काखी च्याप्ने काम भयो। अरुले कहिले अवसर पाउने भयो। मानिस त परिवर्तन चाहन्छ नि,' कांग्रेस कैलालीका एक नेताले भने।

अहिले धनगढीमा कांग्रेसलाई स्वतन्त्र उम्मेदवारले आच्छु आच्छु पारिरहेका छन्। धनगढीमा २०७४ सालको स्थानीय तह निर्वाचनमा  मेयर र उपमेयर दुवैमा कांग्रेस विजयी भएको थियो।

चौधरी समुदाय, पूर्वतिरका मानिसको भावनालगायत धेरै कुरा पार्टीले समेट्न नसकेको ती नेता बताउँछन्। उनले जिल्लामा लामो समयदेखि पार्टीका लागि काम गरेका मानिस बाइपास हुने अवस्था आएको बताए। यस्तो अवस्थामा धनगढीमा कांग्रेस पराजित हुनु भनेको आरजु पराजित हुन सरह रहेको ती नेताको भनाइ छ।

धनगढी उपमहानगरपालिका रहेको कैलाली क्षेत्र नम्बर ५ का कांग्रेस सभापति भीम पडाल महानगरका शीर्ष नेताहरू सक्रिय नहुँदा कांग्रेस हार्ने अवस्थामा पुगेको बताउँछन्। पार्टीमा अन्तरघात हुनु, शीर्ष नेताहरू चुनावअघि अपेक्षित रुपमा नखटिनुले अहिलेको अवस्था सिर्जना भएको उनको ठहर छ।

'कांग्रेसमा मात्र होइन, एमालेमा पनि अन्तरघात भएको छ। एमाले, कांग्रेस र माओवादीका अन्तरघातीहरूले स्वतन्त्र उम्मेदवारलाई मत दिँदा सुदूरपश्चिमको केन्द्रको रुपमा रहेको धनगढीमा राजनीतिक दलहरू कमजोर देखिएका हुन्,' पडालले भने। उनी यसको दीर्घकालीन असर सबै राजनीतिक दललाई पर्ने दाबी गर्छन्। पार्टीले कारबाही गरेका पुष्करनाथ ओझाको कारबाही समयमै फुकुवा गरेर पार्टीमा सक्रिय गराउन सकेको भए कांग्रेसलाई जित्न सहज हुने उनको तर्क छ।

'सत्तामा हुँदा मानिसका असन्तुष्टि स्वाभाविक रुपमा हुन्छन्। लामो समय देशलाई कोरोनाले आक्रान्त पार्‍यो। यस्तो अवस्थामा कांग्रेसले चाहेर पनि मेयर साबले अपेक्षित काम गर्न सक्नुभएन होला। तर, तुलनात्मक रुपमा उहाँले राम्रो काम गर्नुभएको थियो। २०७५ मा धनगढी देशकै उत्कृष्ट नगरपालिका भएको थियो। त्यो कुरा जनताले बुझ्नुपर्थ्यो,' उनी भन्छन्। उनले जिल्ला अधिवेशनमा बनेको गुटगत राजनीतिले पनि धनगढीको चुनावमा प्रभाव पारेको देखिएको बताए। पार्टीको आन्तरिक कलहलाई स्थानीय चुनावमा भुल्नुपर्नेमा त्यो हुन नसकेकोमा उनको असन्तुष्टि छ।

कांग्रेसमात्र होइन, धनगढीमा एमालेभित्र पनि अन्तरघातको चर्चा भइरहेको छ। एमालेका जिल्ला कमिटी सदस्य तथा धनगढी उपमहानगरपालिकाका इन्चार्ज चूडामणि भट्ट यो किसिमको नतिजाले आफूहरू अचम्मित परेको बताउँछन्। 'रणबहादुर चन्द इमान्दार नेता हो। उहाँले कहिले पनि लाभको राजनीति गर्नुभएन। कांग्रेसमा विवाद थियो। कतिपय वडामा कांग्रेसका बागी थिए। कांग्रेसको उपमेयरमा पनि बागी हुनुहुन्थ्यो। गठबन्धनप्रति पनि कतिपय नेता रुष्ट थिए। ती सबै मत हामीले पाउने आशा गरेका थियौं। त्यो मत त परकै कुरा आफ्नाहरूले नै घात गरेको देखियो,' उनले भने। वडामा क्रियाशील सदस्यभन्दा कम मत आउनु पार्टीका लागि दुर्भाग्यपूर्ण विषय भएको उनी बताउँछन्।

दलीय व्यवस्थामा पार्टीकै क्रियाशील सदस्यबाट धोका हुनु सबै राजनीतिक दलका लागि लज्जाको विषय भएको उनको टिप्पणी छ। 'उपमेयरदेखि तल एमालेमा राम्रो मत आउनु र मेयरमा मात्रै नआउनुले अन्तरघात भएको प्रष्ट हुन्छ,' भट्टले भने, 'अब पार्टीमा यसको गम्भीर समीक्षा हुनुपर्छ। पार्टीमा सुदृढीकरण गर्दै नयाँ शिराबाट लैजानुपर्छ।' पाँच वर्ष एमाले हुने र भोट हाल्दा अर्कै भइदिने हो भने संगठन निर्माणको कुनै औचित्य नै नहुने भट्ट बताउँछन्। तर, पनि एउटा हारजितबाट कसैले आत्तिन नहुने उनले बताए।

प्रकाशित: May 17, 2022| 15:26 मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।