मंगलबार, फागुन १९, २०८२

जितको लक्ष्यमा बाधक बनिरहेको ‘फिटनेस र मिसफिल्डिङ’

आफ्नो पहिलो(सोमबारको) खेलको विश्लेषण गर्दै उनले भनिन्, ‘घरेलु मैदानमा दबाब र उत्साहले पनि हुनसक्छ, पहिलो खेलमा राम्रो गर्न नसकेको। हार राम्रो होइन तर हामीले मेहेनेत गर्नुपर्ने देखाएको छ।’
 |  मंगलबार, जेठ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३, २०७९

युगान्डाविरुद्ध ५ खेलको टी–२० क्रिकेट सिरिजको पहिलो खेलमै नेपालले १२ रनको हार बेहोर्‍यो। घरेलु मैदानमा पहिलो पटक आयोजना भएको सिरिजमा जितबाटै सुरु गर्ने लक्ष्य राखे पनि पूरा गर्न सकेन। यद्यपि नेपाली टिमले सिरिज जित्नेमा महिला टिमका मुख्य प्रशिक्षक जगत टमाटा विश्वास राख्छन्।

‘सिरिज सुरु हुनुअघि हामीले जित्छौं भनेको थियौँ। पहिलो खेलमै हार्‍यौ नि?’ जवाफमा प्रशिक्षक जगत भन्छन्, ‘अवसर छ। चार खेल बाँकी नै छन्। किनभने गुयान्डाको पनि दुई तीन खेल मैले हेरेको छु। उसको फिल्डिङ र बलिङ राम्रो छ। ब्याटिङ चाहिँ ठिकै मात्र छ। दुवै टिमलाई अवसर पनि छ।’

सोमबारको खेलमा नेपालले टस जितेको थियो। टस जितेर बलिङ गर्दै युगान्डालाई सय रनभन्दा कममै रोक्ने नेपालको योजना थियो। त्यसै अनुसारको नेपाली टिमले बलिङ पनि गरेको थियो। तर फिल्डिङमा चुक्यो। ‘मिसफिल्डिङका कारण हामीले १० देखि १२ रन धेरै दियौँ कि जस्तो लागेको छ। अनि जवाफी ब्याटिङमा पनि हामीले १० ओभरसम्म राम्रो गरिरहेका थियौँ। ११ ओभरमा विकेट गएपछि हाम्रो लय बिग्रियो,’ प्रशिक्षक टमाटाले भने, ‘नराम्रो चाहिँ होइन। फिल्डिङबाट हामीले दियौँ। लिन चाहिँ सकेनौँ। १८औँ ओभर अलि धेरै खर्चिलो भयो।’

आफ्नो पहिलो(सोमबारको) खेलको विश्लेषण गर्दै उनले भनिन्, ‘घरेलु मैदानमा दबाब र उत्साहले पनि हुनसक्छ, पहिलो खेलमा राम्रो गर्न नसकेको। हार राम्रो होइन तर हामीले मेहेनेत गर्नुपर्ने देखाएको छ।’

कप्तान रुविना बलिङ गरेको १८औँ ओभरमा नेपालले १५ रन खर्चिएको थियो। उनले एकै ओभरमा एक छक्का र एक चौका व्यहोरिन्। कप्तान रुविनाले ब्याटिङमा पनि राम्रो प्रदर्शन गर्न सकिनन्। २२ बल खेलेर ९ रन मात्र जोड्न सकिन्। आफ्नो प्रदर्शन खस्किएपछि प्रश्न उठ्नु स्वभाविक नै हो। त्यसैले आफ्नो खेलबारे रुविना भन्छिन्, ‘ब्याट्स्मेन भएर छिरिसकेपछि मैले नै टिमलाई गति दिनुपर्ने थियो। त्यो बललाई जज गर्न सकिनँ। धेरै समय भयो खेलमा ब्रेक भएको र फेयरब्रेकमा धेरै अवसर पाइनँ। नेटमा मात्र ब्याट गरिरहेको ले प्रभाव परेको होला। अब कमब्याक गर्नुपर्छ।’

उनले मात्र होइन, ब्याटिङमा नेपालका कुनै खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। औषत टिम युगान्डाविरुद्ध घरेलु मैदानमा पनि नेपाली खेलाडीले खुलेर खेल्न सकेनन्। 

kumari

प्रकाशित: May 17, 2022| 13:12 मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।