मंगलबार, फागुन १९, २०८२

उमा कुङ्फुमा नेपालले जित्यो तीन स्वर्ण

युकेको ओर्सेस्टरमा जेठ १ गते भएको प्रतियोगितामा नेपालका दुई खेलाडीले तीन स्वर्ण जितेका हुन्।
 |  मंगलबार, जेठ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३, २०७९

काठमाडौं- उमा (वल्र्ड युनिफाइड मार्सल आर्ट्स) युरोपियन च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण पदक जितेको छ। युकेको ओर्सेस्टरमा जेठ १ गते भएको प्रतियोगितामा नेपालका दुई खेलाडीले तीन स्वर्ण जितेका हुन्।

नेपालका सञ्जयराज पुटुवारले २ तथा भूपेन्द्र गुरुङले १ स्वर्ण जितेको प्रतियोगितामा जजको भूमिका समेत निर्वाह गरेका नेपाल उमा कुङ्फु संघका अध्यक्ष सिद्धार्थ लामाले जनाएका छन्।

सञ्जयले छाङ छ्वान र वेपन गरी २ प्रतिस्पर्धामा नेपालको चुनौती प्रस्तुत गरे। उनले छाङ छ्वानमा ९.७ तथा वेपनमा ९.८ अंक जोड्दै शीर्ष स्थान हात पारेका हुन्।

सञ्जयले यसअघि अस्ट्रियामा भएको वल्र्ड च्याम्पियनसिप, बंगलादेशमा भएको एसियाली च्याम्पियनसिप तथा भारतमा भएको दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण जितेका थिए।

भुपेन्द्र गुरुङले चाइनिज फर्मस्को छाङ छ्वानमा ८.९ अंक हासिल गर्दै स्वर्ण चुमे। यसअघि भुपेन्द्रले जर्मनीमा भएको विश्व मार्सल आर्ट्स गेम्समा स्वर्ण जितेका थिए।

kumari

प्रतियोगितामा विभिन्न ११ राष्ट्रका करिब ५ सय ५० खेलाडीले सहभागिता जनाएको अध्यक्ष लामाले जानकारी गराए। अन्तर्राष्ट्रिय निर्णायक लामाले डेन्मार्क, जर्मनी, थाइल्यान्ड, अमेरिकालगायतका राष्ट्रमा भएका विभिन्न प्रतियोगितामा जजको भूमिका निर्वाह गरिसकेका छन्।

प्रकाशित: May 17, 2022| 12:25 मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।