काठमाडौं- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सहोदर भाइ प्रेमबहादुर देउवाको निधन भएको छ। उनको मंगलबार बिहान वीर अस्पतालमा निधन भएको हो।
प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार प्रेमबहादुर फोक्सो क्यान्सरबाट पीडित थिए। उनको केही समय यता वीर अस्पतालमा उपचार भइरहेको थियो।