शुक्रबार, वैशाख १८, २०८३

आइपिएल : पन्जाबलाई हराउँदै दिल्ली चौथो स्थानमा उक्लियो

डिवाई पाटिल रंगशालामा सम्पन्न खेलमा दिल्लीले पञ्जाब किंग्सविरुद्ध १७ रनको जित निकालेको हो।
 |  मंगलबार, जेठ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३, २०७९

काठमाडौं- दिल्ली क्यापिटलले इन्डियन प्रिमियर लिगमा सोमबार राति जित निकालेको छ। डिवाई पाटिल रंगशालामा सम्पन्न खेलमा दिल्लीले पञ्जाब किंग्सविरुद्ध १७ रनको जित निकालेको हो।

National life

टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले पुरा ओभर खेल्दै सात विकेट गुमाएर १५९ रन बनाएको थियो। जवाफमा पञ्जाबले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४२ रन मात्र बनाउन सकेपछि दिल्लीले जित निश्चित गरेको हो।

दिल्लीको जितमा प्लेयर अफ दि म्याच बनेका शर्दुर ठाकुरले चार विकेट गिराएका थिए। त्यस्तै, अक्षर पटेल र कुलदिप यादवले समान २,२ विकेट लिए।

दिल्लीको पेचिलो बलिङसामू पञ्जाबका जितेश शर्माले ४४ रन बनाए भने ओपनर जोन्नी बेयरिस्टोले २८ रनको योगदान दिए।

यता पहिलो पारीमा दिल्लीका मिचेल स्टार्कले ६३ रन बनाएका थिए भने सार्फराज खानले ३२ र ललित यादवले २४ रनको योगदान दिए। त्यसक्रममा बलिङतर्फ लियम लिविनस्टोमले तीन विकेट गिराए भने अर्षदिप सिंहले पनि तीन विकेटको योगदान दिए।

यो जितसँगै दिल्ली चौथो स्थानमा उक्लिएको छ भने पञ्जाब सातौं स्थानमा छ। यी दुई टिमको क्रमशः १४ र १२ अंक छ।

प्रकाशित: May 17, 2022| 09:36 मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।