मंगलबार, फागुन १९, २०८२

 चौथो स्थानका लागि संघर्ष गरिरहेको आर्सनलको हार

न्युकासकलको घरेलु मैदानमा सम्पन्न खेलमा आर्सनलले २-० को हार बेहोरेको हो।
 |  मंगलबार, जेठ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३, २०७९

काठमाडौं- इंग्लिस प्रिमियर लिग (ईपीएल) मा दुई खेल बाँकी रहँदा चौथौ स्थानका लागि संघर्ष गरिरहेको आर्सनलले सोमबार राति हार बेहोरेको छ। न्युकासकलको घरेलु मैदानमा सम्पन्न खेलमा आर्सनलले २-० को हार बेहोरेको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरी भएपछि दुवै गोल दोस्रो हाफमा सम्भव भएका थिए। खेलको ५०औं मिनेटमा आर्सनलका वेन ह्वाइटले आफ्नै पोस्टमा गोल गरेपछि आर्सनलले गोल कोसेली पाएको थियो।

त्यस्तै, दोस्रो हाफमा ब्रुनो गुइमेरेसले न्युकासलका लागि विजयी गोल गरेका थिए। यससँगै आर्सनलले चौथो स्थानमा पुग्ने अवसर गुमाएको छ। अहिले लिगमा ६८ अंकका साथ टोटेनहम हट्स्पर चौथो स्थानमा छ।

पाँचौ स्थानमा रहेको आर्सनलको टोटेनमहको भन्दा दूई अंक कम छ। लिगमा अब यी दुई टिमले समान एकएक खेल खेल्न बाँकी रहेको छ। ईपीएलमा शीर्ष चारमा रहने टिमले अर्को वर्षको च्याम्पियन्स लिग खेल्न पाउने भएकाले यो स्थानको लागि पेचिलो प्रतिस्पर्धा हुने छ।

यता गएराति जित निकालेको न्युकासल ४६ अंकका साथ १२औं स्थानमा छ।

kumari

प्रकाशित: May 17, 2022| 09:30 मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।