काठमाडौं- महानगरीय प्रहरी वृत्त कालीमाटीका डिएसपी प्रदिप बहादुर क्षेत्रीलाई विभागिय कारबाही गरीएको छ। उनलाई गोप्य सुचना चुहावट गरेको भन्दै प्रहरी प्रधान कार्यालयले सरुवा गरी प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह पठाएको छ। जर्गाह कारवाही परेका प्रहरी अधिकृत थन्काउने ठाउँका रुपमा हेरिन्छ।
महानगरीय प्रहरी आयुक्तको कार्यालयका निमित्त आयुक्त डिआईजी मनोज न्यौपानेले सिसिटीभी खरीदमा अनियमीतता गरेको खबर सार्वजनिक भएपछि, प्रहरी प्रधान कार्यालयले न्यौपाने माथी छानबिन गरेको स्रोतले जनाएको छ।
प्रधान कार्यालयले छानबिन गरेको आन्तरिक पत्र बाहिर ल्याएको भन्दै क्षेत्रीलाई कारबाही गरिएको बताईएको छ। निमीत्त आयुक्तसंग पछिल्लो समय सम्बन्ध चिसिएका क्षेत्रीलाई तिन बर्ष बढुबा नहुने गरी सरुवा गरीएको हो।
डीएसपी क्षेत्रीको गैरव्यावसायिक क्रियाकलापमा आयुक्त कार्यालयका प्रमुख डीआईजी मनोज न्यौपानेले लगाम लगाउन खोजेपछि डीएसपी क्षेत्री डीआईजीविरुद्ध उत्रिका थिए। डीआईजीको चेतावनी पश्चात डीएसपी क्षेत्रीले बदला लिन पदीय मर्यादा उल्लंघन गर्दै डीआईजी न्यौपानेविरुद्ध मिडियाबाजी समेत गराएको अनुसन्धानबाट खुलासा भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४