बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवाले भ्याउनदिन भनेपछि संवैधानिक परिषदको बैठक सर्ने!

देउवाले भ्याउनदिन भनेपछि संवैधानिक परिषदको बैठक सर्ने!

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- सर्वोच्च अदालतका प्रधानन्यायाधीश लगायत संवैधानिक निकायका प्रमुखको नियुक्तिको सिफारिस गर्न बुधबार डाकिएको संवैधानिक परिषदको बैठक सर्ने भएको छ। 

प्रमुख प्रतिपक्ष नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू बैठकमा आउन नभ्याउने खबर पठाएपछि बैठक सर्ने भएको हो। देउवाले स्वकीय सचिव भानु देउवामार्फत आफू बैठकमा आउन नभ्याउने सूचना मंगलबार पठाएको स्रोतले बतायो।

 प्रमुख प्रतिपक्ष नेता नै सबैधानिक परिषदको बैठकमा सहभागि नहुने भएपछि प्रधानमन्त्रीले परिषदको बैठक सार्न लागेको स्रोतले बतायो।
 
सभापति देउवा आफ्नो र पत्नी आरजुको स्वास्थ्य परीक्षणका लागि  बुधबार सिगापुर जाने कार्यक्रम रहेको छ। सिंगापुर हुदै जापान सम्म यात्रा गर्ने भ्रमण तालिका रहेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।