आइतबार, मंसिर ७, २०८२

युगान्डासँगको सिरिजको पहिलो खेलमा नेपाली टिमको हार

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आजबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु भएको दुई देशीय टी२० सिरिजमा युगान्डासँग १२ रनको हार बेहोरेको छ।
 |  सोमबार, जेठ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २, २०७९

काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आजबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु भएको दुई देशीय टी२० सिरिजमा युगान्डासँग १२ रनको हार बेहोरेको छ।

National life

युगान्डाको महिला सिनियर क्रिकेट टिमसँग आजबाट सुरु भएको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले १२ रनको हार बेहोरेको हो। 

सोमबार १ बजेबाट सुरु भएको उद्घाटन खेलमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालले जितका लागि १०३ रनको लक्ष्य पाएको थियो। पहिले ब्याटिङ गरेको युगान्डाको महिला टिमले पूरा ओभर खेल्दै पाँच विकेटको क्षतिमा १०२ रन बनाएपछि नेपालले १०३ रनको लक्ष्य पाएको थियो।

तर जवाफमा नेपालले पूरा ओभर खेल्दै ८ विकेट गुमाएर सय रनमै समेटिएपछि लक्ष्य पूरा गर्न सकेन।नेपालका लागि ओपनर विन्दु रावलले २३ बलमा १२ रन जोडिन भने इन्दू वर्माले १६ रन बनाइन्। डल्ली भट्टले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनालायक प्रदर्शन गर्न सकेनन। ६ रन बनाएकी ज्योती पाण्डे रन आउट भइन् भने कप्तान रुविनाले पनि ९ रन मात्र बनाउन सकिन्।

नेपाली टिमविरुद्ध युगान्डाका बलर लुरै हाबी भए। सराह एकिटेङले ४ ओभरमा १३ रन दिएर २ विकेट गिराइन् भने  कोन्सी अवेकोले पनि दुई विकेट लिइन्। त्यस्तै जानेट एमवाबाजी र रिता मुसामालीले पनि समान १–१ विकेट लिए।

Laxmi sunrise bank
kumari

त्रिविको क्रिकेट मैदानमा सम्पन्न खेलको पहिलो पारीमा नेपाली बलर कविता कुँवरले दुई विकेट लिइन्। चार ओभर बलिङ गरेकी कुँवरले १५ रन खर्चिएर दुई विकेट लिएकी हुन्। त्यस्तै, नेपालका लागि कप्तान रुविना क्षेत्री, कविता जोशी र इन्दु वर्माले समान एकरएक विकेट गिराए।

नेपाली महिला टिमले पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय सिरिज खलेको हो। महिला टिमले १३औं दक्षिण एसियाली खेलकुदमा क्रिकेटको प्रतियोगिता भने खेलिसकेको छ।

पहिलो सिरिजको पहिलो खेलमा नेपालविरुद्ध युगान्डाकी ओपनर केविन आविनोले १५ रन बनाइन भने जानेट एबाबाजीले २९ रनको योगदान दिइन्। त्यस्तै, फ्रांकलिन जागुम्बाले १२ र रिता एनयान्गेन्दोले १८ रन बनाएर पेवेलियन फर्किए। रिता मुसामालीले भने अविजित रहँदै १३ रन बनाइन्।

आजको खेलमा अश्मिना कर्माचार्यले नेपाली टिमबाट डेब्यु गरेकी छन्। उनले डेब्यूमा तीन ओभ बलिङ गर्दै १९ रन खर्चिए पनि विकेट लिन भने सकिनन्। अश्मिना टी २० आई खेल्ने नेपाली राष्ट्रिय टिमकी २३औं खेलाडी हुन्।

प्रकाशित: May 16, 2022| 16:29 सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।