मंगलबार, फागुन १९, २०८२

युगान्डाबाट नेपाली महिला टिमले पायो १०३ रनको लक्ष्य

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आजबाट युगान्डाको महिला सिनियर क्रिकेट टिमसँग पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज सुरु भएको छ।
 |  सोमबार, जेठ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २, २०७९

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आजबाट युगान्डाको महिला सिनियर क्रिकेट टिमसँग पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज सुरु भएको छ।

सोमबार १ बजेबाट सुरु भएको उद्घाटन खेलमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालले जितका लागि १०३ रनको लक्ष्य पाइको छ। पहिले ब्याटिङ गरेको युगान्डाको महिला टिमले पुरा ओभर खेल्दै पाँच विकेटको क्षतिमा १०२ रन बनाएपछि नेपालले १०३ रनको लक्ष्य पाएको हो।

त्रिविको क्रिकेट मैदानमा भइरहेको खेलमा नेपाली बलर कविता कुँवरले दुई विकेट लिएकी छन्। चार ओभर बलिङ गरेकी कुँवरले १५ रन खर्चिएर दुई विकेट लिएकी हुन्।

त्यस्तै, नेपालका लागि कप्तान रुविना क्षेत्री, कविता जोशी र इन्दु वर्माले समान एक/एक विकेट गिराए।

नेपाली महिला टिमले पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय सिरिज खलेको हो। महिला टिमले १३औं दक्षिण एसियाली खेलकुदमा क्रिकेटको प्रतियोगिता भने खेलिसकेको छ।

kumari

पहिलो सिरिजको पहिलो खेलमा नेपालविरुद्ध युगान्डाकी ओपनर केविन आविनोले १५ रन बनाइन भने जानेट एबाबाजीले २९ रनको योगदान दिइन्। त्यस्तै, फ्रांकलिन जागुम्बाले १२ र रिता एनयान्गेन्दोले १८ रन बनाएर पेवेलियन फर्किए। रिता मुसामालीले भने अविजित रहँदै १३ रन बनाइन्।

यो सिरिजको लागि नेपाली टिमकी कप्तान रुविना क्षेत्री गएको शनिबार नै नेपाल फर्किसकेकी थिइन।

आजको खेलमा अश्मिना कर्माचार्यले नेपाली टिमबाट डेब्य गरेकी छन्। उनले डेब्यूमा तीन ओभ बलिङ गर्दै १९ रन खर्चिए पनि विकेट लिन भने सकिनन्। अश्मिना टी १० आई खेल्ने नेपाली राष्ट्रिय टिमकी २३औं खेलाडी हुन्।

प्रकाशित: May 16, 2022| 14:44 सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।