दाङ- सल्यानमा विजयोत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ। करेन्ट लागेर १५ जना घाइते भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा कुमाख-१ स्यानिपिप्लिका लोकेन्द्र राना र वडा नम्बर ४ कोर्तीका गोपाल बुढाथोकी रहेका छन्।
जिल्लाको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै कार्यहरू सवार गाडीमा कटेन्ट लागेको सल्यानका प्रहरी प्रमुख डीएसपी सुमित खड्काले बताए।
गाडीको छतमा झण्डा समाएर बसेका व्यक्तिले बिजुलीको तार छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ।
घाइतेहरूलाई रुकुमको चौरजहारी मिसन अस्पताल लगिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।