बुधबार, असार ३१, २०८३

ओपोको मिड-रेञ्‍ज क्यामेरा एथ्रीएस सार्वजनि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले नेपालमा आफ्नो नयाँ मिड-रेञ्ज क्यामेरा फोन-एथ्रीएस सार्वजनिक गरेको छ। दक्षिण एसियाली बजारमा एथ्रीएस १३+२ एमपी डुअल रियर क्यामेरा र ८ एमपीएआई इनेबल फ्रण्ट क्यामेरा तथा सुपर फुल स्क्रिन सुसज्जितओपोको पहिलो उपकरण हो। 

२ जीबी र्‍याम र १६ जीबी सञ्चयक्षमता, क्वालकम स्न्यापड्रागन ४५० ओक्टा कोर प्रोशेसर र ४२३० एमएएच ब्याट्री जडित नवप्रबर्तनात्मकफिचर्स सुसज्जितएथ्रीएसको मुल्य रु. १९ हजार ४ सय ९० निर्धारण गरिएको छ। 

सार्वजनिक नयाँ फोन एथ्रीएसका विषयमा बोल्दै ओपोका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘डुअल क्यामेरा सेटअप, सुपर फुल स्क्रिन, शक्तिशाली ब्याट्री क्षमता लगायत अत्याधुनिक फिचर्स सहितको फोन सुलभ मुल्यमा उपलब्ध होस् भन्ने यूवाहरुको चाहनाअनुसार हामीले ओपो एथ्रीएस उपलब्ध गराएका हौं।' 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्