शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दार्चुलामा हायस दुर्घटना : विजयी जुलुसमा सहभागी हुन हिँडेका तीन जनाको मृत्यु

दार्चुलामा हायस दुर्घटना : विजयी जुलुसमा सहभागी हुन हिँडेका तीन जनाको मृत्यु

जिल्लाको शैल्यशिखर नगरपालिका-६ ग्यानीमा आज बिहान साढे ९ बजे हाइस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।
 |  सोमबार, जेठ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २, २०७९

धनगढी- दार्चुलामा हायस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ।

National life

जिल्लाको शैल्यशिखर नगरपालिका-६ ग्यानीमा आज बिहान साढे ९ बजे हाइस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।

गोकुलेश्वरबाट ग्यानीतर्फ गइरहेको से१ज २७७ नम्बरको माइक्रो बस सडकबाट पाँच मिटर तल रोल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।

दुर्घटनामा चालक प्रकाशसिंह धामी, सहचालक नविनसिंह धामी र हरिष धामीको  मृत्यु भएको उनले बताए। मृतक तीनै जना वडा नम्बर ६ ग्वानीका स्थानीय हुन्।

हाइस गोकुलेश्वरबाट नेकपा एमालेको विजयी जुलुसमा सहभागी हुनेहरूलाई ल्याउन ग्यानी गएको थियो।

Shivam cement

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।

प्रकाशित: May 16, 2022| 11:20 सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।