सोमबार, मंसिर २२, २०८२
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनी पुगे मोदी, केहिबेरमै मायादेवीमा पूजाअर्चना गर्ने 

लुम्बिनी पुगे मोदी, केहिबेरमै मायादेवीमा पूजाअर्चना गर्ने 

बिहान ११ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ४ वटा हेलिकप्टरमा लुम्बिनी आएका हुन। लुम्बिनी झरेर मोदी सोझै मायादेवी मन्दिर प्रवेश गरेका छन।
 |  सोमबार, जेठ २, २०७९

विनोद परियार

विनोद परियार

सोमबार, जेठ २, २०७९

वुटवल- २५६६औं बुद्वजयन्ती समारोहमा सहभागित हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ११ बज लुम्बिनी आईपुगेका छन्। बिहान ११ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ४ वटा हेलिकप्टरमा लुम्बिनी आएका हुन्। लुम्बिनी झरेर मोदी सोझै मायादेवी मन्दिर प्रवेश गरेका छन्। 

National life

मायादेवी मन्दिरमा मार्कर स्टोनमा फुल अर्पण गरि पूजा गर्ने, पुष्कर्णि पोखरीको अवलोकन र अशोक स्तम्भ अगाडी २ वटा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ। त्यस पछि मायादेवी मन्दिरमा रहेको बोधीबृक्षमा पानी हाल्ने आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।

त्यसपछि मोदी साँझ भारतको आईबीसीद्वारा निर्माण हुने बिहारको शिलान्यास गर्ने र त्यहा पछि होटल पवनमा केही समय विश्राम गर्ने तथा त्यही दुई सरकारबीच वार्ता एवम पत्रकार सम्मेलनको आयोजना गरिएको छ।

२ बजे मोदी लुम्बिनीमा नवनिर्मित सभाहलमा आयोजित मूल समारोह समितिमा भाग लिइ सम्बोधन गर्ने र करिब ३ बजे भारत फिर्ता हुने कार्यक्रम रहेको विकास कोषका उपाध्यक्ष अवदेश त्रिपाठिले जानकारी दिए।

मोदी आउने भएपछि लुम्बिनीको सुरक्षा ब्यवस्था कडा बनाईएको छ। 

Laxmi sunrise bank
kumari

विदेश सचिव विनय मोहन क्वात्राले अप्रिलमा भएको द्विपक्षीय बैठकमा दुवै देशका नेताले गरेको कुरा अगाडि सार्दै द्विपक्षीय सम्बन्धको बारेमा चर्चा हुने, भारत–नेपाल ऊर्जा सम्बन्धी लगायतका विषयमा अप्रिलमा भएको सहमतिमा कुरा हुने बताए। नेपालमा रहँदा प्रधानमन्त्री देउवा र मोदीबीच लुम्बिनीमा भेटवार्ता हुने कार्यक्रम रहेको छ।

प्रकाशित: May 16, 2022| 11:12 सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।