बुधबार, असार ३१, २०८३

नेप्से परिसूचक १.४६ आंक घट्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– नेप्से परिसूचक १.४६ अंक घटेको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) बजारमा आएका अधिकांश समूह रातो भएपछि परिसूचक घटेको हो ।
परिसूचक १.४६ अंक घटेर एक हजार १८८.२१ बिन्दुमा पुगेको छ ।   

१५७ कम्पीहरुको ३ हजार ५२५ शेयर ९ लाख ९ हजार ३४१ पटक खरिद बिक्रीबाट २१ करोड ३७ लाख ९१ हजार ३१५ रुपैयाँ  बराबरको शेयर  कारोबारको भएको छ । 
‘क’ वर्ग कम्पनीको मापन गर्ने सेन्सेटीभ इण्डेक्स समेत ०.२६ प्रतिशत घटेर २५०. ६५ अंकमा पुगेको छ ।

मंगलबार नेप्से बजारमा आएका दश समूहको परिसूचक मध्ये सात समूहको परिसूचक घटेको छ भने तीन समूहको परिसूचक बढेको छ ।

जसमा सबैभन्दा बढी लाईफ इन्स्योरेन्सको ३९.८३ अंक घटेको छ । त्यसपछि उत्पादनमुलक समूहको परिसूचक २५.४२, माइक्रोफाइनान्सको १०.८१ अंक घटेको छ । 
होटल, ननलाईफ इन्स्योरेन्स र अन्य समूहको  परिसूचक बढेको छ । 



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्