मंगलबार, फागुन १९, २०८२

बराबरीमा रोकियो सिटी, लेस्टरको सानदार जित

वेस्ट हामको घरेलु मैदानमा सम्पन्न भएको खेलमा सिटीले दुई गोलले पछि परेको अवस्थाबाट गोल गर्दै खेललाई २–२ को बराबरी गरेको हो।
 |  सोमबार, जेठ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २, २०७९

काठमाडौं- इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ।

वेस्ट हामको घरेलु मैदानमा सम्पन्न भएको खेलमा सिटीले दुई गोलले पछि परेको अवस्थाबाट गोल गर्दै खेललाई २–२ को बराबरी गरेको हो।

खेलको २४औं मिनेटमा र ४५औं मिनेटमा जारोड बोवनले गोल गर्दै वेस्ट हामलाई दुई गोलको अग्रता बनाएको थियो। जवाफमा ज्याक ग्रिसिसले ४९औं मिनेटमा एक गोल फर्काए भने अर्को गोल वेस्ट हामले आत्मघाति गरेको थियो। यससँगै सिटीले खेलमा बारबरी गर्न सकेको हो।

वाटफोर्डलाई ५–१ ले हराउँदै आइतबार राति ईपीएलमा लेस्टर सिटीले जित निकालेको छ। वाटफोर्डको घरेलु मैदानमा भएको खेलमा उसले लज्जास्पद हार बेकोरेको हो।

गएरातिको बराबरीसँगै शीर्षस्थानको सिटीको ९० अंक छ भने लिभरपुलको ६ अंक रहेको छ। त्यस्तै लेस्टर सिटीको भने ४ अंक रहेको छ।

kumari

प्रकाशित: May 16, 2022| 10:20 सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।