मंगलबार, फागुन १९, २०८२

नेपाल र युगान्डाको बाइलेटल सिरिज आजबाट

नेपालली महिला टिमले घरेलु मैदानमा पहिलो पटक टी २० सिरिज खेल्न लागेको हो। नेपाल र युगान्डाबीचको खेल आज दिउँसो १ बजेबाट सुरु हुनेछ।
 |  सोमबार, जेठ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २, २०७९

काठमाडौं- नेपाली महिला क्रिकेट टिमले कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयमा आजबाट युगान्डाको राष्ट्रिय महिला टिमसँग टी २० सिरिज खेल्दैछ।

नेपालली महिला टिमले घरेलु मैदानमा पहिलो पटक टी २० सिरिज खेल्न लागेको हो। नेपाल र युगान्डाबीचको खेल आज दिउँसो १ बजेबाट सुरु हुनेछ।

यो सिरिजबाट नेपाल क्रिकेट संघ क्यानले इन्दू बर्मालाई उपकप्तान बनाएको छ। यसअघिकी उपकप्तान सिता राना मगर फेयरब्रेक इन्भिटेसनल खेल्नका लागि दुबईमा छिन्।

आजको खेलमा नेपाल जितको लक्ष्यका साथ मैदान पस्नेछ। नेपालले यसअघि २०७६ मंसिरमा सम्पन्न भएको १३औं दक्षिण एसियाली खेलकुदमा नेपालल घरेलु मैदानमा खेलेको थियो।

नेपालले सागमा काश्य पदक जितेको थियो। यसबाहेक नेपाली महिला टिमले कुनै प्रतियोगिता घरेलु मैदानमा खेलेको छैन। प्रतियोगिताका लागि दुई दिनअघि युगान्डाको टिम नेपाल आइपुगेको छ।

kumari

प्रकाशित: May 16, 2022| 09:31 सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।