बुधबार, असार ३१, २०८३

खुकुरी प्रहारबाट तरुणदलका नेता घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
दोलखा-नेपाल तरुणदल दोलखा जिल्ला उपाध्यक्ष चित्र तामाङ घाइते भएका छन् । 

तामाङ माथि खुकुरी प्रहार भएको थियो । तामाङ साथी किशोर केसीको निमन्त्रणामा केसीको घरमा पुगेका थिए ।
 
बेलुका सौहार्दपूर्ण वातावरण खानपान सकेर सुतेका तामाङमाथि राति नै खुकुरी प्रहार भएको थियो । 

चित्र तामाङ, किशोर केसी, श्रवण श्रेष्ठ र मिकसन श्रेष्ठ दौतरीका रुपमा एकै ठाउँमा भेला भएर रमाइलो गर्ने क्रममा किशोरको घरमा भेला भएका थिए । किशोर भिमेश्वर नगरपालिकाका मेयर भरत केसीका भतिजा हुन् । 

फरक राजनीतिक आस्थाका कारण उत्पन्न विवाद सांघातीक आक्रमणमा परिणत भएको थियो । 

केसी समूहको आक्रमणमा परेका तामाङको तीघ्रा, घुँडामुनी र कन्चटमा चोट लागेको छ । घाइते तामाङको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

घटनाप्रति आपत्ति जनाउँदै नेपाल तरुणदलले आस्थाकै कारणले भएको हमलाको विरोध गरेको छ । 

घाइतेको स्वास्थ्य अवस्थाको जानकारी लिन ट्रमा सेन्टर पुगेका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईले यो तरुण दल र नेपाली कांग्रेस माथिको आक्रमण भएको बताउँदै यसरी हुने आक्रमण नरोकिए तरुणदल चुप लागेर नबस्ने चेतावनी दिए । चापागाईले भने, ‘आक्रमण गर्नेको सरकारले कडा कारबाही गरोस् । नेकपाको सर्वसत्ताबादबाट उन्माद नेकपाका कार्यकर्ताले गरेको यस्तो व्यवहारलाई तरुण दलले चुपचाप सहँदैन ।’ 

घटनामा संलग्न तीन जना नेकपासमर्थित कार्यकर्ता हुन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।