बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नारायणकाजीको ‘चिर्केटो राजीनामा’ अलपत्र, अस्वीकार भएको प्रचण्ड दावी 

नारायणकाजीको ‘चिर्केटो राजीनामा’ अलपत्र, अस्वीकार भएको प्रचण्ड दावी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौ- साउन ७ गते  बसेको नेकपा सचिवालयको बैठकमा गोविन्द केसी प्रकरणले छलफलमा प्रवेश पायो । प्रवेश पाएलगतै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रैबाट गोविन्द केसीलाई उचालेको आरोप लगाए।  ओलीले गंगामायाको अनसन प्रकरण पनि त्यसमा जोडे ।

आफ्नो चीन भ्रमण अघि नै गंगामाया अनशन तोडन तयार भए पनि पार्टी भित्रैबाट उनलाई पनि उचालेर लम्बाएको गुनासो प्रधानमन्त्रीको थियो।

त्यो श्रृखंला चल्दै जाँदा प्रवक्ता नारायाकाजीले अनसनमा बसेका डा.गोविन्द केसीलाई भेटेर ठीक नगरेको भन्दै श्रेष्ठको आलोचना गर्न थाले ।  श्रेष्ठले भने कसैको उक्साहटमा नभई मानवीय हिसावमा केसीलाई भेटेको भन्दै आफ्नो बचाउ गरे । उनले केसीको जीवन रक्षा गर्ने र अनसन तोडाउने पार्टीको नीति अनुसार नै भेटेको दावी गरे। उनले प्रवक्ता भनेको कसैले बोल नबोल, उठ-बस  गराउने पद नभएको बैठकमा दावी गरे। 

प्रधानमन्त्री ओलीपछि अध्यक्ष प्रचण्ड पनि श्रेष्ठतर्फ नरम तरिकाले खनिए। उनले त्यसरी भेट गर्नु राम्रो नभएको भन्दै असन्तुष्टि पोखे। आफुले बचाउको आशा गरेका अध्यक्ष प्रचण्ड पनि आफु तर्फ खनिएपछि श्रेष्ठले बैठकमा रहेको एउटा चिर्कटोमा  मलाई अब यो प्रवक्ता चाहिएन भन्दै राजीनामा ओली प्रचण्डको अगाडि राखि दिए । अनि त्यहाँबाट टाप कसे। श्रेष्ठलाई ओली र प्रचण्डले सम्झाउने प्रयास गरेका थिए। तर उनले कुनै कुरा सुनेन्। 

आफु निकटका नेता तथा कार्यकर्तासँग आफुले कुनै हालतमा राजीनामा फिर्ता नलिने बताउदै आएका छन् । उनलाई सचिवालय सदस्य माधवकुमार नेपालले  मनाउने प्रयास गरेका छन् । स्रोतका अनुसार यसबीचमा नेपाल र श्रेष्ठबीच भेटेर र टेलिफोन मार्फत सम्पर्क भईरहे पनि श्रेष्ठले राजीनामा फिर्ता लिन मानेका छैनन् । नेपाल र श्रेष्ठबीच बिगत लामो समयदेखि नै अत्यन्त निकट सम्बन्ध रहदै आएको छ । श्रेष्ठले आफू निकटहरुसँग आफ्नो भूमिकाको कदर नभएको र एकीकरणको स्प्रिीटअनुसार पार्टी अघि बढ्न नसकेको गुनासो गर्दै आएका छन्। 

एकीकृत पार्टीभित्रको आन्तरिक समीकरणमा नारायकाजीको अर्थपूर्ण भूमिका हुने भएकोले उनलाई गुमाउन प्रचण्ड र ओली चाहदैनन् । माधव नेपाल र नारायणकाजी मिलेर मध्यमार्गी समूह हावी नहोस् भन्नेतर्फ प्रचण्ड र ओली सचेत देखिन्छन् । 

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड श्रेष्ठको राजिानामा स्वीकृत गर्ने पक्षमा नरहेको नेकपा स्रोतले बतायो।  अध्यक्ष प्रचण्डले मंगलबार बीरगञ्जमा संचारकर्मीहरुसंग कुरा गर्दै श्रेष्ठ अहिले पनि पार्टीको प्रवक्ता रहेकोले राजिनामा अस्वीकृत भएको बताएका छन् । स्रोतका अनुसार श्रेष्ठलाई माधव नेपालले मनाउने कुरामा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड ढुक्क छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।