बुधबार, असार ३१, २०८३

डोटीमा राजधानी माग्दै धनगढीमा प्रर्दशन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी–प्रदेश ७ संसदले स्थायी राजधानी र नाम प्रस्तावकालागि पहल शुरु गरेसँगै स्थायी राजधानी डोटीमा राख्नुपर्ने माग गर्दै मंगलबार अस्थायी राजधानी धनगढीमा प्रर्दशन गरिएको छ । दिपायल राजधानी संघर्ष समितिको आयोजनामा प्रर्दशन गरिएको हो ।

७ नंम्बर प्रदेशको राजधानी दिपायल कायम गर भन्दै धनगढीको ट्राफिक चौराहबाट शुरु भएको र्‍याली गरी बजार परिक्रमा गरिएको छ । उनीहरुले हरेक हिसाबले राजधानीका लागि दिपायल उपयुक्त भएको भन्दै दिपायल नबनाए कडा आन्दोलन गर्ने चेतावना दिएका छन् । 

यस अघि पनि पटक पटक गरी ६४ दिन सम्म दिपायल राजधानीको माग गर्दै आन्दोलन भएको थियो । संघर्ष समितिले मुख्यमन्त्री, सभामुख र प्रतिपक्ष दलका नेतालाई भेटने कार्यक्रम रहेको आन्दोलनका अगुवा तथा होटल ब्यबसायी संघ डोटीका अध्यक्ष दिपकबहादुर खडकाले जानकारी दिए । 

यता स्थायी राजधानी रहने स्थान र नामबारे सुझाव दिन गठित संसदीय समितिले छलफल जारी राखेको छ । सात दिनको समयसिमा दिई गठन गरिएको बिशेष संसदीय समितिको म्याद सोमबार एक साता थप गरिएको छ । यसैबीच संघर्ष समिति र स्थायी राजधानी र नामाकरणको लागि बिशेष सुझाब समितिबीच सोमबार धनगढीमा छलफल भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।