बुधबार, असार ३१, २०८३

सर्पले डसेर बालिकाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत-सर्पको डसाईबाट सुर्खेतमा एक बालिकाको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका-१० जामुको बाढी पीडित शिविरमा बस्दै आएका विष्णुप्रसाद उपाध्यायकी १४ वर्षीया छोरी हरिकला उपाध्यायको सर्पको डसाईबाट मृत्यु भएको हो । 

मंगलबार बिहान करिव पाँच बजे चर्पी गएका बेला उपाध्यायलाई सर्पले टोकेको थियो । स्वास्थ्यचौकी टाढा भएका कारण घरमै झारफुक गर्दागर्दै उपाध्यायको मृत्यु भएको पञ्चपुरी १० का वडाध्यक्ष नैनसिं बिकले जानकारी दिए । उपाध्याय जनज्योति आधारभूत माविमा कक्षा ८ मा अध्ययनरत थिइन् ।

२०७१ सालमा सुर्खेतमा आएको बाढीले झण्डै ९ सयबढी घर विस्थापित भएका छन् । पीडितहरुको पुर्नस्थापना हुन नसकदा उनीहरु विभिन्न अस्थायी शिविरमा कष्टकर जीवन काट्दै आएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।