आइतबार, वैशाख १६, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • धर्मश्री विवादः निर्णायकप्रति खेलाडीको अविश्वास, आयोजक भन्छ– आधिकारिक संस्थाबाट स्वीकृत हुन्

धर्मश्री विवादः निर्णायकप्रति खेलाडीको अविश्वास, आयोजक भन्छ– आधिकारिक संस्थाबाट स्वीकृत हुन्

 |  आइतबार, जेठ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १, २०७९

काठमाडौं– शारीरिक सुगठनको आधिकारिक राष्ट्रिय संघ हो नेपाल व्यायाम मन्दिर। उसले ‘धर्मश्री’ नामक शारीरिक सुगठनको राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ।

triton college

यो वर्ष पनि गएको वैशाख २३ र २४ गते १६ औं धर्मश्री आयोजना भयो। यो संस्करणमा ‘महिला तथा पुरुष फिजिक’ नामक नयाँ विधा थपिएको थियो। बडी बिल्डिङमा प्रतिस्पर्धा गर्न अयोग्य वा सानो शरीर भएका बडी बिल्डरले प्रधितस्पर्धा गर्न पाउनेगरी विश्वमा यो विधा धेरै प्रचलित छ।

नेपालमा भने फिजिक विधा पहिलो पटक सुरु गरिएको हो। तर यो विधाको पहिलो आयोजनामै विवाद सिर्जना भयो। फिजिक विधामा पुरुषतर्फ आयोजक व्यायाम मन्दिरका आश्वत स्थापित र महिलातर्फ द फिटनेस टेम्पल भक्तपुरकी जासमिन लामा विजयी भएका थिए। विजयी खेलाडीहरूले नगद २ लाखसहित मेडल, प्रमाणपत्र र अन्य उपहार प्राप्त गरे।

यसबारे विभिन्न पक्षमा असन्तुष्टि राख्दै प्रतिस्पर्धामा पराजित भएका खेलाडीहरु गोपाल लिम्बू, अवतार श्रेष्ठ, विशु राम केसी, अनुज मास्के, सनम मुलगुठी, पुजा श्रेष्ठ, विनिता राईलगायतले गएको बैसाख २५ गते पत्रकार सम्मेलन गरेका थिए।

यस्तो छ असन्तुष्ट खेलाडीले पेस गरेको घटनाक्रम

corrent noodles
Metro Mart

१६ औं धर्मश्री, पहिलो पटक मेन्स फिजिक र उमन्स फिजक विधा सामेल गरिएको थियो। प्रचलित समयमा मेन्स फिजिक विधा संसारमै निकै लोकप्रिय भएको अवस्था हुँदा नेपाली खेलाडी निकै हर्षित थिए। उक्त विधाको घोषणा हुने समयमा कुनै विशेष नियम तथा बुँदाहरु उल्लेख गरिएको थिएन। निर्णायक मण्डलले निर्णय गर्ने विधि पनि सार्वजनिक गरेका थिएनन्।

धर्मश्रीजस्तो सम्मानित प्रतिस्पर्धामा सो विधामा भाग लिनको लागि नेपाल तथा अन्तर्राष्ट्रिय जगतमा रहेका नेपाली खेलाडीहरु गरी जम्मा ५३ खेलाडीहरुले भाग लिए। २३ गते शुक्रवारको दिन राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा प्रि–जजिङ राउन्डको समयमा युकेबाट आएका सागर विक र काठमाडौं वानेश्वरका अनुज मास्के, ताप्लेजुङका सुवास लिम्बु तथा धरानका अवतारले दर्शकको मन जितेका थिए। सबैले सागर विकेलाई सो विधाका विजेता समेत मानेका थिए (घोषणा नभएसम्म)।

१६औं धर्मश्रीका विजेता उमेश राईलाई पुरस्कार प्रदान गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन।
५३ खेलाडीहरु बाट छानिएर छनोट भएका १५ खेलाडीको नाम घोषणा हुने समयमा मञ्चमा सन्नाटा छाएर दर्शकहरु आश्चर्यचकित भई निःशब्द भए। सबैले बिजेता ठानेका बिके टप १५ मा पनि नपरेपछि धर्मश्री प्रिजजिङ माहोल एकैछिनको लागि विचलित बनेको थियो। निर्णायक मण्डललाई जवाफ माग्दा सागरको ज्यान अन्तर्राष्ट्रिय लेवलको भएको र नेपालमा यस्तो ज्यान हुनुहुन्न भन्ने जवाफ पाउँदा उनका समर्थकहरु आक्रोशित भएका थिए।

त्यसपछि प्रतियोगिताको अन्तिम दिन दर्शकहरुले समर्थन गरेको खेलाडी ताप्लेजुङका गोपाल लिम्बुलाई फेरि त्यही समस्या भोग्नुपर्यो। दर्शकको नजरमा स्पष्ट विजेता भए पनि गोपाल लिम्बुलाई छैटौं स्थानमा राखेर घोषणा गरी ट्याग नम्बर ४६ का आफ्ना खेलाडीलाई बिजेता घोषणा गरियो।

विरोध गरेका खेलाडीले देखेका धर्मश्रीका समस्या

१. खेलाडीप्रति आयोजकको अपहेलित व्यवहार

२. आयोजक (व्यायाम मन्दिर) ले आफ्नै व्यायामशालाको खेलाडीलाई विजेता बनाउन गरेको हरदम प्रयास   

३. निर्णायक मण्डलको निर्णयको स्पष्टीकरण कसैलाई दिनु पर्दैन भने जिद्दिपना

४. आफ्नो व्यायामशालाका खेलाडीलाई तौल तल–माथि गरेर जित्ने विधामा सामेल गराउने व्यवहार

५. निर्णायक मण्डल उपस्थित भए पनि व्यायाम मन्दिरले निर्णायकमा हेरफेर गर्ने र गराउने प्रवृत्ति 

६. मेन फिजिक तथा उमन फिजिक सम्बन्धी पटक्कै अध्ययन नै नगरी उक्त विधाको घोषणा गरी खेलको आयोजना।

यति मात्र होइन खेलाडीले थप कुराहरुमा पनि असन्तुष्टि व्यक्त रेका थिए। ‘हामीले धेरै प्रयास गरेर प्रतिस्पर्धा गरेका हुन्छौं। हामीले भिन्नभिन्न प्रयास गरेर आफूले बनाएको मसल देखाइरहेका हुन्छौं। तर त्यहाँ उपस्थित निर्णायकले हामीलाई हेरेनन्। उनीहरु गफ गर्न र अरुतिरै हेर्नमा व्यस्त थिए,’ निर्णायकप्रति असन्तुष्ट सनम मुलगुठीले भनिन्। साथै आयोजकले खेलाडीका लागि ड्रेस कोड नदिएको र प्रतियोगिताको सौन्दर्य विगारेको पनि पनि उलने चिन्ता व्यक्त गरिन्।

यता, सागर विक चाहिँ प्रतियोगितामा सहभागी बन्नका लागि यूकेबाट आएका थिए। उनले यसअघि नै नेपालको प्रतनिधित्व गरिसकेका छन्। उनी स्वदेशमा प्रतियोगिता खेल्न नेपाल आए। तर विदेशमा भएका कतिपय प्रतियोगितामा शीर्ष पाँच सातमा रहेन उनी धर्मश्रीमा भने शीर्ष १५ मा समेत परेनन्।

‘अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता भनेर खेल्न आएको। यहाँ त फेयर जजमेन्ट नै भएन। मलाई चाहिँ अन्याय भएको जस्तो लागेको छ। अब यो निर्णयलाई त परिवर्तन गर्न नसकिएला तर आउँदा दिनमा चाहिँ यस्तो नहोस् भन्नका लागि पनि हामीले बोल्नुपर्छ,’ सागरले भनेका छन्।

धरानका अवतार श्रेष्ठले २०१९ मा भएको रेन्वो क्लासिकको दुबईमा भएको फिजिक बुँदामा नेपालको प्रतिनिधित्व गरिसकेका छन्। उनले जजहरुमा ज्ञानको अभाव भएको कारण आफूलाई खेल्न नदिएको बताए। ‘हामीले त्यत्रो लगानी गरेका छौं। शरीरिक मेन्टेन गरेका छौं। अन्तर्राष्ट्रिय स्तरमा कति अनुशासित प्रतियोगी हुन्छन्। यो विधामा सिमेट्री, सोल्डर रेसियो, मसलको सेपरेसन र उचाइअनुसारको तौल सीमा पनि हेरिन्छ,’ अवतारले भने, ‘म प्रतियोगितामा अन्डरवेट थिएँ। तर मलाई ठूलो साइजको छस् भनेर निकालियो।’

उनले आफूलाई धेरै मस्कुलर भएको भन्दै ‘वाटर होल्ड गरेको बडी’ लाई अघि सारेको भनेर आयोजकको विरोध गरेका छन्। ‘यसै विधामा मैले नेशनल जितिसकेको छु। अन्तर्राष्ट्रिय स्तरमा रिप्रेजेन्ट पनि गरिसकेको छु,’ अवतारले भने, ‘कि नियममा फेरबदल भएको भए सुरुमै जानकारी दिनुपर्ने हो। अहिले पनि विजेतासँग सँग जुधाएर राख्ने हो भने सबैले देख्न सक्छन कसको बडी कस्तो छ भन्ने।’

आधिकारिक संस्थाबाट स्वीकृत निर्णायक थिएः आयोजक

यता व्यायाम मन्दिरले भने जेठ १ गते विज्ञप्ति जारी गर्दै प्रतियोगितामा खटाइएका निर्णायक टोली आधिकारिक संस्थाबाट स्विकृत प्राप्त रहेको पनि बताएको छ। उसले आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै निर्णायकबारे स्पष्टीकरणसमेत थियो। तर, उसले यस्ता विवादबारे पहिला आयोजक र निर्णायक मण्डललाई जानकारी दिनु पर्नेमा सञ्जार माध्यममा गएको भन्दै आफूलाई जानकारी दिन अनुरोध गरेको छ।

‘चित्त नबुझेको कुरा प्रचार प्रसार र सम्प्रेषण गरिएको भन्ने जानकारीमा आएकाले यदि कुनै खेलाडीहरुलाई चित्त नबुझेको भए नेपाल व्यायाम मन्दिरमा निवेदन गर्नुहुन अनुरोध गर्दछौं,’ आयोजकले विज्ञप्तिमा लेखेको छ। आयोजकले व्यायाम मन्दिरको बदनाम गर्ने उद्देश्यले निर्णयको विरोध गरेको पनि दाबी गरेको छ।

प्रकाशित: May 15, 2022| 16:55 आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।