मंगलबार, फागुन १९, २०८२

दुई देशीय टी-२० खेल्ने यस्तो छ नेपाल र युगान्डाको टोली

नेपाली महिला क्रिकेट टिमले कीर्तिपुको त्रिवी क्रिकेट मैदानमा जेठ २ गतेबाट युगान्डासँग टी-२० सिरिज खेल्दैछ।
 |  आइतबार, जेठ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १, २०७९

काठमाडौं- नेपाली महिला क्रिकेट टिमले कीर्तिपुको त्रिवी क्रिकेट मैदानमा जेठ २ गतेबाट युगान्डासँग टी-२० सिरिज खेल्दैछ। पाँच खेलको टी-२० सिरिजका लागि नेपाल र युगान्डा दुवै देशले आआफ्नो टिमको घोषणा गरेका हुन्।

नेपालले हिजो शनिबार नै टी-२० का लागि रुविना क्षेत्रीको कप्तानीमा आफ्नो टिम घोषणा गरेको थियो। भने पाहुनो टिम युगान्डाले सिरिजको अघिल्लो दिन (आइतबार) मात्र टिमको घोषणा गरेको हो।

आयोजक नेपाल क्रिकेट संघ(क्यान) ले यो सिरिजमा दर्शकका लागि विना टिकट खेल हेर्न पाउने व्यवस्था गरेको छ। क्यानले शनिबार सूचना जारी गर्दै विना पैसा खेल हेर्न पाउने व्यवस्था गरेको जानकारी दिएको हो।

गएको बुधबार क्यानले खेलको तालिका सार्वजनिक गरेको थियो। नेपालले अब मे १६, १७, १९, २० र २१ तारिख (जेठ २, ३, ५, ६ र ७ गते)मा युगान्डविरुद्ध पाँच टी–२० खेल्नेछ। नेपाली टिमकी कप्तान रुविना र उपकप्तान सिता राना मगर अहिले फेयरब्रेक इन्भिटेसनल प्रतियोगिताका लागि दुबईमा रहेका छन्। नेपाली महिला टिमले यसअघि दुबईमा आईसीसी महिला विश्वकप छनोट खेलेको थियो।

यस्तो छ नेपाली टिमः

kumari

रुविना क्षेत्री, सिता राना मगर, इन्दू वर्मा, ज्योति पाण्डे, काजोल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, अश्मिना कर्मचार्य, संगीता राई, सबनम राई, रोमा थापा, सरिता मगर, हिरा कुमारी रोय र विन्दू रावल

यस्तो छ युगान्डाको टिमः

कोन्सी निमुन्गु, जानेट एमबाबाजी, केभिन अविनो, रिटा मुसामाली, फ्रांकलिन नाज्जुम्बा, सराह वालाजा, फिओना कुलुमे, सुसन काकाई, शाकिरा साडिक, इभलिन एनिपो, प्याट्रिक मलेमिकिया, सराह एकिटेन र रिटा एनयान्गेन्दो

प्रकाशित: May 15, 2022| 12:00 आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।