आइतबार, मंसिर ७, २०८२

आइपिएलमा हैदराबादलाई कोलकत्ताले हरायो

पुने रंगशालाम सम्पन्न भएको खेलमा पहिले ब्याटिङ गरेको कोलकत्ताले हैदराबादलाई ५४ रनले हराएको हो।
 |  आइतबार, जेठ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १, २०७९

काठमाडौं- कोलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार रातिको खेलमा सनराइजर्स हैदराबादलाई हराएको छ। पुने रंगशालाम सम्पन्न भएको खेलमा पहिले ब्याटिङ गरेको कोलकत्ताले हैदराबादलाई ५४ रनले हराएको हो।

National life

टस जितेर ब्याटिङ रोजेको कलकत्ताले पुरा ओभर खेल्दै ६ विकेट गुमाएर १७७ रन बनाएको थियो। जवाफमा हैदराबदले २० ओभरमा आठ विकेट गुमाएर १२३ रन मात्र बनाउन सकेपछि कोलकत्ताले जित निकालेको हो।

गएरातिको खेलमा प्लेयर अफ दि म्याचसमेत बनेका कोकलत्ताका आन्द्रे रसेलले २८ बलमा अविजित ४९ रन बनाए भने दोस्रो पारीमा चार ओभर बलिङ गर्दै २२ रन खर्चिएर तीन विकेट गिराए।

रसेलबाहेक कोलकत्ताका साम बिसिङ्सले ३४ र अजिंक्य रहाणेले २८ रनको योगदान दिए।

पहिलो पारीमा हैदराबादका उमरन मलिकले पनि तीन विकेट गिराएका थिए। दोस्रो पारीमा चाहिँ हैदराबादका अभिषेक शर्माले ४३ रनको योगदान दिए।

Laxmi sunrise bank
kumari

गएराति जित निकालेको कोलकत्ताले लिगमा १२ अंक जोडेको छ। १२ अंकका साथ ऊ तालिकाको छैटौं स्थानमा छ भने हैदराबाद १० अंकका साथ आठौं स्थानमा छ। आईपीएलको शीर्षस्थानमा रहेको गुजरातले भने प्ले अफमा स्थान बनाइसकेको छ।

प्रकाशित: May 15, 2022| 08:40 आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।