बुधबार, असार ३१, २०८३

लुम्बिनी विकास कोषको सदस्य सचिव नियुक्तिको विरोध 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सामाजिक संस्था हेल्प नेपालका अध्यक्ष सिंहराज बज्राचार्यले लुम्बिनी विकास कोषको सदस्य सचिव नियुक्तिको विरोध गरेका छन् । 

सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै बज्राचार्यले परम्परा मुल्य र मान्यता विपरित कोषको सदस्य सचिव नियुत्त गरेको भन्दै विरोध गरेका हुन् । सरकारले बुद्ध धर्म र मुल्य मान्यतालाई बेवास्ता गरि लुम्बिनि विकास कोषको सदस्य सचिवमा बहालवाला कर्मचारीलाई नियुक्त गरेको भन्दै उनले आपत्ति जनाए ।  

‘लुम्विनि विकास कोषको सदस्य सचिव भनेको जागिर होइन, सेवक हो । बौद्ध धर्मको रक्षा गर्ने र त्यसको विकास गर्ने रणनीति तयार पार्न सक्ने व्यक्ति हुनुपर्छ,’ कार्यक्रममा  उनले भने ‘तर हाम्रोमा जुनसुकै विकास कोषहरुको सदस्य सचिव राजनीतिक कोटाबाट नियुक्ति हुने गर्छन् ।’

उनको अनुसार सरकारले लुम्बिनि विकास कोषमा केही दिन अगाडि एउटा सरकारी कर्मचारीलाई पठाएको छ । उनी बौद्ध धर्मको मानिस पनि होइन ।

लुम्बिनी विकास कोषमा धेरै समस्याहरु छन् । दिनमा ४ हजारभन्दा बढी भक्तालुहरुले अवलोकन गर्छन् । बुद्धको जन्मभूमि लुम्विनिमा बाटो राम्रो  छैन् । फोहोर ब्यवस्थापन छैन् । खानेपानी छैन् । लामा भीक्षुहरुका पूजाहरु निक्कै कष्टमा मनाइएको पाइन्छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।