आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • सकियो बुन्डेसलिगाः अन्तिम खेलमा डर्टमन्डको जित, बराबरीमा रोकियो बायर्न

सकियो बुन्डेसलिगाः अन्तिम खेलमा डर्टमन्डको जित, बराबरीमा रोकियो बायर्न

लिगको अन्तिम खेलमा उपाधि विजेता बायर्न म्युनिख बराबरीमा रोकिएको छ भने बोरुसिया डर्टमन्डले जित निकालेको छ।
 |  आइतबार, जेठ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १, २०७९

काठमाडौं- १८ टिमले प्रतिस्पर्धा गर्ने जर्मन शीर्ष डिभिजनको फुटबल बुन्डेसलिगाको यो सिजन शनिबार राति सम्पन्न भएको छ। लिगको अन्तिम खेलमा उपाधि विजेता बायर्न म्युनिख बराबरीमा रोकिएको छ भने बोरुसिया डर्टमन्डले जित निकालेको छ।

National life

उल्भबर्गको मैदानमा सम्पन्न खेलमा बायर्नले अग्रता जोगाउन नसक्दा घरेलु टिमसँग बराबरी गरेको हो। खेलको १७औं मिनेटमा जोसेप स्टानिसिचले गोल गर्दै बायर्नलाई अग्रता दिलाए। त्यस्तै, थोमस मुलरको पासबाट पाएको बललाई रोबर्ट लेवान्डोस्कीले ४१औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए। तर उल्भ्सबर्गका वे विन्ड र कूसीले गोल फर्काएपछि खेल २–२ को बराबरी भएको थियो।

गएराति नै सम्पन्न भएको अर्को खेलमा डर्टमन्डले हेर्था बर्लिनलाई २–१ ले हराएको छ। डर्टमन्डको घरेलु मैदानमा भएको खेलमा एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै डर्टमन्डले गोल गरेको थियो।

डर्टमन्डको लागि इर्लिङ हाल्यान्डले अन्तिम गोल गरे। हाल्यान्डले प्रमियर क्लब म्यानचेस्टर सिटीसँग सम्झौता गरिसकेका छन्। अब उनी आउँदो सिजनबाट प्रिमियर लिगमा खेल्नेछन्।

अन्तिम खेलमा क्लबका पदाधिकारी र समर्थकले हाल्यान्डलाई विदाई गरेका थिए। जारी लिगमा २२ गोल गर्दै क्ललाई ठूलो सहयोग गरेका हाल्यान्डलाई क्लबले फुल र तस्बिरसहित सम्मान गरेको थियो।

Laxmi sunrise bank
kumari

गएराति नै सम्पन्न अन्य खेलहरुमा लिभरकुसनले फ्रिबर्गलाई २–१ ले हराएको छ भने ग्लाडबाखले होफेनहाइमलाई ५–१ ले हराएको छ। शनिबार राति नै सम्पन्न भएको अर्को खेलमा माइन्ज र फ्रांकफर्टले २–२ बो बराबरी खेलेका छन् भने अर्मिनियाले लाइप्जिकसँग १–१ को बराबरी गरेको छ।

लिग सकिए उपाधि विजेता बायर्नले ७७ अंक बनाएको छ भने दोस्रो स्थानको डर्टमन्डले ६९ अंक बनाएको छ। तेस्रो भएको लिभरकुसनले ६४ र चौथो भएको लाइप्जिकले ५८ अंक बनाएको हो।  लिगमा अर्मेनिया र ग्रेएथर फटर्थ दोस्रो डिभिजनमा रेलिगेसन भएका छन्।

प्रकाशित: May 15, 2022| 08:07 आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।