आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • चेल्सीलाई पेनाल्टीमा हराउँदै लिभरपुलले जित्यो एफए कपको उपाधि

चेल्सीलाई पेनाल्टीमा हराउँदै लिभरपुलले जित्यो एफए कपको उपाधि

फाइनल खेलमा गोलरहित बराबरी भएपछि पेनाल्टीमा जित निकाल्दै लिभरपुलले उपाधि जितेको हो।
 |  आइतबार, जेठ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १, २०७९

काठमाडौं- शनिबार राति प्रतिद्वन्दी चेल्सीलाई हराउँदै लिभरपुलले एफए कपको उपाधि जितेको छ। फाइनल खेलमा गोलरहित बराबरी भएपछि पेनाल्टीमा जित निकाल्दै लिभरपुलले उपाधि जितेको हो।

National life

खेलको निर्धारित ९० मिनेटसम्म कुनै गोल हुन नसकेपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो। अतरिक्त समयमा पनि गोल हुन सकेन। यसकारण रेफ्रीले पेनाल्टी सुटआउटबाट खेलको निर्णय गरेका थिए।

पेनाल्टी सुटआउटमा लिभरपुलका साडियो मानेबाहेक सबैले गोल गरे। लिभरपुलबाट गोल गर्नेमा जेम्स मिल्नर, थियागो अलकान्तारा, रोबर्टो फर्किनो, ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड, डियागो जोटा र कोन्स्टान्टिनोस सिमिकास रहे।

यता चेल्सीका चाहिँ दुई खेलाडीले पेनाल्टीमा गोल गर्न सकेनन्। सेसर एप्लिक्वेटा र मेसन माउन्ट गोल गर्न चुके। उनीहरुबाहेक मार्कोस अलन्सो, रिस जेम्स, रोस बार्कली, जोर्गिन्हो र हाकिमी जियाचले गोल गरेका थिए।

यससँगै लिभरपुलले ६–५ को जितसँगै उपाधि जितेको हो। लिभरपपुलले यसअघि इएफएल कपको पनि उपाधि जितेको छ। यता प्रिमियर लिगका उपाधि जित्ने उसको सम्भावना भने कम छ।

Laxmi sunrise bank
kumari

तर लिभरपुलले यो सिजनको च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको छ। उसले फाइनलमा स्पेनिस क्लब रियल मड्रिडको सामना गर्नेछ। यो सिजन लिभरपुलले सबै प्रतियोगिताको सबै खेल खेलेको छ।

प्रकाशित: May 15, 2022| 08:03 आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।