बुधबार, असार ३१, २०८३

महिलालाई आक्रमण गर्ने बाघ निकुञ्जको नियन्त्रणमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रत्ननगर- पश्चिम चितवनमा एक महिलालाई आक्रमण गरी मारेको बाघलाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ । 

निकुञ्जबाट आठ हात्तीसहित खटिएको पशु चिकित्सकको टोलीले सोमबार साँझ बाघलाई ‘डाट’ गरेर नियन्त्रणमा लिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए । बाघलाई अहिले निकुञ्जको खोरमा राखिएको छ । 

भरतपुर महानगरपालिका-२५ राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा सोमबार घाँस काट्न गएकी २५ वर्षीया शुशीला डुम्रेलाई बाघले आक्रमण गरेर मारेको थियो । उनको शव भएको ठाउँमा बसिरहेको बाघलाई दिनभरको प्रयासमा डाट गरेर बेहोस बनाई नियन्त्रणमा लिइएको ढकालले बताए । 

अन्दाजी १०–१२ वर्ष उमेरको सोे बाघ आफ्नो क्षेत्र बनाएर बस्न नसकेकाले बाहिर आएको हुन सक्ने निकुञ्जले जनाएको छ । यसअघि मान्छेलाई आक्रमण गर्न थालेपछि पूर्वी चितवनबाट नियन्त्रणमा लिएर निकुञ्जको खोरमा राखिएको एउटा बाघ केही दिनअघि घाउको संक्रमणबाट मरेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।