आइतबार, वैशाख ७, २०८२

भरतपुर मतगणनामा जे देखियो

रमाइलो के थियो भने भरतपुरको मतपरिणाम कुरेर बसेकाहरु प्रत्येक मिनेटमा काठमाडौं महानगरको मतपरिणामबारेमा चासो देखाउँथे। कतिपयलाई भरतपुरको भन्दा काठमाडौंमा बालेनले के गर्लान् भन्ने चासो थियो। बालेनको अग्रता हुँदा प्रतीक्षारत युवाहरू धेरैजसो हौसिन्थे।
 |  आइतबार, जेठ १, २०७९
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

आइतबार, जेठ १, २०७९

vianetvianet

चितवनको भरतपुर महानगरमा मतपरिणाम अद्यावधिक भइरहेको छ। निर्वाचन आयोगको आधिकारीक जानकारी अनुसार नेकपा एमालेले र गठबन्धनका तर्फबाट नेकपा माओवादीको मतान्तर धेरै छैन। एकअर्का उम्मेदवार आलोपालो अग्रता लिइरहेका छन्। 

triton college

शुक्रबार राति अबेर बसेको सर्वदलीय बैठकले शनिबार बिहान ९ बजेदेखि सुरु गर्ने भनेपनि ३ घण्टा भन्दा बढी अबेर गरी मतगणना सुरु भएको थियो। बिहान ८ बजेदेखि नै औद्योगिक प्रर्दशनी केन्द्रको गेट अगाडि नेता तथा कार्यकर्ताको भिड सुरु भइसकेको थियो। मतगणना सुरु हुनु ४ घण्टा अगाडिदेखि जम्मा भएका कार्यकर्ता तथा नेता गेटभित्र प्रवेश नपाएपछि गेटबाहिरबाटै भित्रका दृश्य नियालिरहेका थिए। ८ बजे नै पुगेका उनीहरु कतिबेला ९ बज्छ र मतगणना सुरु होला भन्दै घडी हेर्दै थिए। 

करिब १० बजेतिर भरतपुर महानगरका गठबन्धनकी उम्मेदवार रेनु दाहाल र एमालेका उम्मेदवार विजय सुवेदी मतगणना केन्द्रभित्र प्रवेश गरे। स्वतन्त्र रुपमा उम्मेदवारी दिएका जगन्नाथ पौडेल भने ९ बजे नै मतगणनास्थल आइपुगेका थिए। 

तर साँढे ११ बजेसम्म पनि मतगणना सुरु हुन सकेको थिएन। कारण– स्वतन्त्र उम्मेदवारले आफ्ना प्रतिनीधिलाई पनि मतगणनामा सहभागी गराउनुपर्छ भन्दै विरोध गरिरहेका थिए। शुक्रबार बेलुका नै सहमति भएपनि स्वतन्त्र तर्फका उम्मेदवारले चित्त बुझाएका थिएनन्। शनिबार पनि उनीहरुले विरोध गरिरहे। तर उनीहरुको विरोधको अर्थ रहेन। बिहान ११ बजेर ५१ मिनेटमा मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारीले मतगणनाका लागि मतपेटिका खन्याए। मतगणनाको आगडि भागमा लहरै सँगै बसेका भरतपुरका तिनै जना मेयरका उम्मेदवारले मुसुक्क मुस्काउँदै मतगणनाको स्वागत गरे। 

मत गणना सुरु भयो। बाहिरपट्टी ५ सयको हाराहारीमा नेता तथा कार्यकर्ता चुनावी परिणाम कुरिरहेका थिए। चर्को घाममा पनि उनीहरुलाई घामको भन्दा मत परिणामको चासो थियो।

National life insurance
रमाइलो के थियो भने भरतपुरको मतपरिणाम कुरेर बसेकाहरु प्रत्येक मिनेटमा काठमाडौं महानगरको मतपरिणामबारेमा चासो देखाउँथे। कतिपयलाई भरतपुरको भन्दा काठमाडौंमा बालेनले के गर्लान् भन्ने चासो थियो। बालेनको अग्रता हुँदा प्रतीक्षारत युवाहरू धेरैजसो हौसिन्थे।

बाहिर रहेका नेताकार्यकर्ता लगायतलाई मतगणनाबारे जानकारी गराउन ब्लक सीको ढोका अगाडि दुईतिर फर्काएर माइक राखिएको थियो। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीको बाक्लो उपस्थिति थियो। उम्मेदवारका प्रतिनिधि, सञ्चारकर्मी गेटपास देखाउँदै भित्रबाहिर आउजाउ गरिरहेका थिए। 

बाहिर रहेका नेता तथा कार्यकर्तालाई आश थियो- माइकिङमार्फत् मतपरिणामको जानकारी हुनेछ।  औद्योगिक प्रर्दशनी केन्द्रको ब्लक 'सी'देखि बाहिरी गेटसम्म करिब पचास मिटरको दुरी छ। तर मतपरिणामबारे माइकमा जानकारी नगराएपछि बाहिर रहेका कार्यकर्ताहरु रुष्ट देखिए। उनीहरुले मतपरिणामका लागि लागिभित्र रहेका आफन्त, उम्मेदवार, मिडियाको सहयोग लिइरहेका थिए। कोही व्यक्ति बाहिर निस्कनेवित्तिकै सबैको मुखमा मतपरिणमको प्रश्न उब्जिन्थ्यो। 

प्रकाशित: May 15, 2022| 00:23 आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...