बुधबार, असार ३१, २०८३

टिपर नियन्त्रणमा लिन ७ राउण्ड अश्रुग्यास प्रहार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
मकवानपुर- टिपरको ठक्करबाट एक युवाको मृत्यु भएपछि हेटौंडा उपमहानगरपालिका-१७ गैरीगाउँ तनावग्रस्त भएको छ । प्रहरीले ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिन खोजेपछि उत्पन्न भएको विवादका कारण तनाव बढेकाे हो । 

कान्तिलोकपथ अवरुद्ध गरि स्थानीयबासीले आइतबार दिउँसो १२ बजेदेखि टिपर नियन्त्रणमा लिएका थिए । बल प्रयोग गरेर प्रहरीले सोमबार टिपर लैजान खोजेपछि स्थानीबासीसँग झडप भएको हो । झडका क्रममा प्रहरीले ७ राउन्ड अश्रुग्यास प्रहार गरेको पत्रकार रुपेश दुलालले जनाएका छन् । 

झडपमा ३ जना प्रहरी समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवम् प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले बताए। उनका अनुसार घाइते प्रहरीको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । यता, क्षतिपूर्ती र कारबाहीको माग गर्दै मृतकका आफन्तहरुले शव बुझ्न मानेका छैनन् ।

गैरीगाउँमा ना ७ ख ७३२३ नम्बरको टिप्परले ठक्कर दिँदा स्थानीय २६ वर्षका टंक न्यौपानेको मृत्यु भएको थियो । न्यौपानेको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि स्थानीय आक्रोशित बनेका हुन् । 

मृतकका आफन्त र गाउँलेहरुले क्षतिपूर्तिको माग गर्दै कान्ति लोकपथ बन्द गरेपछि प्रहरी र स्थानीयबीच झडप भएको थियो । मृतक परिवारले चालकलाई कारबाही र वार्तामार्फत् घटनाको समाधान नभएसम्म शव जिम्मा नलिने बताएका छन् । घटनाको विरोधमा स्थानीयले गैरीगाउँको विभिन्न स्थानमा बाटो बन्द गरेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।