बुधबार, असार ३१, २०८३

भक्तपुर डुबानमा, बाढीले बगाएर ल्यायो किशोरको शव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भक्तपुर- विगत २४ घण्टादेखि परेको अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले एक किशोरको शव बगाएर ल्याएको अवस्थामा भेटिएको छ । 

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका थली घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा बाबुआमासँग टहरामा बस्दै आएका १७ वर्षीय राजेश श्रेष्ठको शव  भक्तपुर नगरपालिका–१ सल्लाघारी इवामुरा मेमोरियल अस्पतालअगाडि रूखमा अड्किएको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ । 

अनुसन्धानका क्रममा आइतबार दिउँसो साथी कहाँ जान्छु भनेर निस्किएका श्रेष्ठ घर नफर्किएको र सोमबार खोलाले बगाएको अवस्थामा शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुर मुद्दा शाखाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए ।  घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए । 

त्यसैगरी अविरल वर्षाका कारण सोमबार पनि भक्तपुर डुबानमा परेको छ । हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरको हनुमानघाट, बाराही स्थान लगायतको क्षेत्र बिहानैदेखि डुबानमा परेको छ । डुबानमा परेका चार जनालाई स्थानीय र प्रहरीले उद्धार गरेका छन् । 

निरन्तर पानी परेपछि खोलामा बाढी बढेपछि महानगरीय प्रहरी परिसर भक्तपुरले हनुमन्ते नदी र मनोहरा नदी आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान र सुरक्षित रहन आग्रह गर्दै माइकिङ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीले बाढीग्रस्त क्षेत्रका नियमित अनुगमन गरिरहेको उनले बताए ।  

विशेषगरी रातिको समयमा आउने बाढीबाट बच्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ । बाढीमा उद्धार गर्न र आवश्यक सहयोग गर्न नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई उच्च सतर्कतामा राखिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । 

यता सूर्यविनायक नगरपालिका–२ बोलकोट क्षेत्र विगत तीन दिनदेखि डुबानमा परेको छ । अविरल वर्षाका कारण आएको पानीको भेलले उचित निकास नपाएपछि बालकोट हाइट, बंगलामुखी मार्गका तल्लो भेगमा करीब दुई दर्जन घर डुबानमा परेका छन् । 

त्यसैगरी बालकोट र सिरुटारको सिमानामा रहेको ढुङ्ग्रे खोलामा आएको बाढी पसेपछि बालकोट माइक्रोबस पार्क पछाडि र महेन्द्र शान्ति मावि पछाडिका करीब दुई दर्जन घर दुई दिनदेखि डुबानमा परेको छ । बाढीका कारण मकै र धान बालीसमेत नष्ट भएको छ । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।