काठमाडौं- नयाँ प्रधानन्यायाधीशको सिफारिसका लागि बुधबार संवैधानिक परिषद्को बैठक डाकिएको छ । बैठकले प्रधानन्याययाधीशका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयाेगका प्रमुख आयुक्तको बारेमा निर्णय लिने स्रोतले जनाएको छ।
नयाँ प्रधानन्यायाधीशका लागि ओमप्रकाश मिश्र र चोलेन्द्र शम्शेर जवारलाई मूख्य दाबेदार मानिएको छ । तर, परिषद्ले मिश्रलाई नै प्रस्ताव गर्न सक्ने स्रोतको दाबी छ । यसअघि सिफारिस भएका दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि परिषद्ले नयाँ प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी गरेको हो ।
यता अख्तियारमा भने कार्यबाहक प्रमुख नविन घिमिरे र चिनका लागि नेपाली राजदुत लिलामणी पौडेललाई मुख्य दाबेदारका रुपमा हेरिएको छ । पौडेललाई अहिलेसम्म सरकारले फिर्ता बोलाउने तयारी नगरेकाले घिमिरेको सम्भावना बढेको स्रोतको दाबी छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४