बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ठेकेदारको लापारबाहीले निर्माणाधीन सडकमा पर्‍यो भ्वाङ

ठेकेदारको लापारबाहीले निर्माणाधीन सडकमा पर्‍यो भ्वाङ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- जनकपुर उपमहानगरपालिका भित्र निर्माणाधीन सडकमा ठेकेदारको व्यापक लापारबाही देखिएको छ । गुणस्तरहीन सामग्रीको प्रयोग गर्दा निर्माण कार्य पुरा गर्न बाँकी रहेकै सडकमा ठुलो भ्वाङ परेको छ ।

जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ पिडिया माइस्थान क्षेत्रमा बलराम कन्स्ट्रक्सनले निर्माण गरिरहेको पक्की सडकमा ठुलो भ्वाङ परेको छ । 

आफू मोटरसाइकलले जाँदै गर्दा पक्की सडक अचान भासिएर भ्वाङ परेको स्थानीय विक्की पाठकले बताएका छन् । निर्माण व्यवसायी र सम्बन्धीत कार्यालयले कमिसनको खेलमा गुणस्तरहीन सडक निर्माण गरेको सडक निर्माणको लागि प्रयोग गरिएको अलकतरा हातले उकाल्दै पाठकले बताए ।

एक महिना अगाडी मात्र पक्की गरिएको सडकमा भ्वाङ पर्नु र हातैले अलकतरासमेत निस्कनु सडकको गुणस्तरबारे पुष्टि गरेको त्यहाँको स्थानीयहरुले बताए । बाहिरबाट हेर्दा सडक निर्माण गर्न तोकिएको मापदण्ड पुरा गरेको देखिएपनि सडक पक्की गर्न प्रयोग गरिएको अलकतराको गुणस्तरतर्फ ध्यान नदिइएको स्थानीयहरुको भनाइ छ ।

जनकपुरस्थित मालपोत कार्यालयदेखि राराब क्याम्पससम्म ५ सय २३ मिटर सडक निर्माण गर्न जनकपुरकै बलराम कन्स्ट्रक्सनले जिम्मा पाएको छ । २ करोड ६१ लाख ५४ हजार ५ सय २२ रुपैयाँको लागतमा निर्माण भइरहेको सडकको चौडाई ९ मिटर रहेको छ ।

शहरी डिभिजन कार्यालयले बनाउँदै गरेकोे उक्त सडक खण्ड अहिले निर्माणाधीन अवस्थामा छ । करिब सय मिटर सडक पक्की गर्ने काम अझ बाँकी रहेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।