भैरहवा- युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजस (युसीएमएस) भैरहवामा समाचार संकलन गर्न गएका पत्रकारहरुमाथी आक्रमण गरेको घटनाका सम्बन्धमा छानविन गर्न जिल्ला प्रशासन कार्यलय रुपन्देहीले छानविन समिती गठन गरेको छ ।
जिल्ला प्रशासन कार्यलय रुपन्देहीका प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवाली संयोजकत्वमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिनेश पाण्डे, लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधब ढुंगाना, नेपाल प्रहरीका प्रहरी निरीक्षक उमेश जोसी र युसीएमएसका एक जना प्रतिनिधी रहनेगरी छानविन समिती गठन गरेको हो । समितीलाई एक हप्ता भित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।
छलफलमा रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीले पत्रकारहरुलाई सुरक्षा दिनु राज्यको दायित्व भएको भन्दैं घटनामा संलग्नलाई तत्काल पहिचान गरी पक्राउ गरिने जनाएका छन् ।
प्रमुख जिल्ला अधिकारी रानामगरले अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा भएको घटनाको समाचार संकलन गर्न गएका पत्रकारमाथी भएको आक्रामणको विषयमा आजैदेखी ७ दिन भित्र प्रतिवेदन पेश गर्नेगरी समिती गठन गरेको र सो समितीले दिएको प्रतिवेदनको आधारमा कारबाहि गर्ने प्रतिबद्धतता जनाए ।
साउन २० गते युसिएमएस भैरहवामा विडिएस अन्तिम वर्षमा अध्ययनरत जनaकपुरका २४ वर्षिय महादेव शाहको उपचारको क्रममा मृत्यु भएको थियो । मृतक शाहका सहपाठी र युसीएमएसमा अध्ययनरत विद्यार्थिहरुले शाहको मृत्यु चिकित्सक र अस्पताल प्रशासनको लापरबाहिले भएको भन्दै आइतबार दिनभर आन्दोलन गरे ।
आन्दोलनले हिंसक रुपमा लिदा आन्दोलनकारी विद्यार्थिहरुले आइसीयुको सिसाहरु तोडफोड समेत गरेका थिए । आन्दोलनको खबर संकलन गएका पत्रकार राधेश्याम विश्वकर्मा, दिपक घिमिरे र सलमानलाई दुव्र्यवहार गर्दै उनीहरुको क्यामेरा समेत फोडिएका थिए । उक्त घटनाको नेपाल पत्रकार महासंघ रुपन्देही, लुम्बिनी प्रेस क्लब लगायतले भत्र्सना गर्दै विज्ञप्ति मात्रै निकालेनन् आकस्मीक बैठक बसी घटना निन्दनीय भएको ठहर गरेका छन् ।
यता मृतक शाहका अविभावकले शब बुझ्न मानेका छैनन् । जसका कारण शाहको शब अस्पतालको शब गृहमै छ । अस्पताल प्रशासन र मृतकका आफन्त तथा आन्दोलनरत विद्यार्थिबीच आजै मात्र छलफल भएको भएता पनि कुनै सहमित हुन सकेको छैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४