काठमाडौं- रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जाने नेपाली कामदारले तिर्नुपर्ने हवाइ भाडा घटेको छ ।
सोमबार ईपीएस कोरिया शाखाले एक विज्ञप्ति जारी गर्दै करिब १३ हजार हवाई भाडा घटेको जनाएको हो । यसअघि कामदारहरूले हवाइ भाडावापत ५२९.७५ डलर अर्थात् करीब ५८ हजार नेपाली रूपैयाँ बुझान् पथ्र्यो भने अब जम्मा ४११ डलर अर्थात् करीब ४५ हजार नेपाली रुपैयाँ मात्रै तिरे पुग्ने भएको छ
२३ प्रतिशतले घटेको हवाइ भाडा पहिलेको भन्दा करीब १३ हजार कम हुन आउँछ । आइतबार हवाइ भाडा निर्धारणको बोलपत्र स्वीकृत भएसंगै करिब २३ प्रतिशतले भाडा घटेको ईपीएस कोरिया शाखाले एक विज्ञप्तिमार्फत जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४