बुधबार, असार ३१, २०८३

चिकित्सा शिक्षा र सार्वजनिक सुरक्षा विधेयक स्वीकृत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- प्रतिनिधिसभाले सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक २०७५ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । 

यसअघि गृहमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ । 

अर्थमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ढकालले प्रस्तुत गरेको लेखापरीक्षण विधेयक, २०७५ र बीमा विधेयक २०७५ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि सदनले सर्वसम्मत रुपमा स्वीकृत गरेको छ । 

यसअघि सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको प्रतिनिधिसभाअन्तर्गतको विभिन्न विषयगत समितिमा रहने सांसदको नाम तथा तथा हेरफेरलाई सभाले अनुमोदन गरेको थियो ।

बैठकमा सभामुख महराले वर्तमान मन्त्रिपरिषद्को पछिल्लो विस्तारसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही साउन २७ गते दिउँसाे १ बजे बस्नेछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।