बिहीबार, कात्तिक १२, २०८३

प्रधानन्यायाधीश प्रकरणमा संसदमा जुहारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रधानन्यायाधीश प्रकरणमा संसदमा सत्ता पक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ। सोमबारको बैठकमा बोल्दै कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले दुई तिहाइको बलमा सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको आरोप लगाए । 

जोशीको प्रमाण पत्र नक्कली भएमा छानविन गर्नुपर्नेमा त्यसो नगरिएको आरोप उनले लगाए । कार्कीले संसदीय सुनुवाइ समितिमा जोशीले कार्ययोजना पेश नगरेको भन्ने विषयको प्रतिवाद गरे। उनले भने, ‘१४ पेजको कार्ययोजना पेश गरेका छन्, नगरेको आरोप कसरी लगाइयो ?’

कार्कीको भनाइको प्रतिवाद गर्दै नेकपाका खगराज अधिकारीले संसद नियम–कानूनले चल्ने भएकाले प्रतिपक्षले त्यसको पालना नगरेको बताए। उनले भने, ‘कहिलेकाहीं आफूले नचाहेको विषय पनि निर्णय हुन्छ तर संसदीय सुनुवाइ समितले विधि र कानूनबमोजिम नै सुनुवाइ गरिएको दाबी गरे। 

नेकपाका अर्का सांसद विरोध खतिवडाले आफूहरू ०४८ सालदेखि संसदीय अभ्यास गर्दै आउँदा कहिलेकाहीं विषय छनोट सही नहुँदा पछारिनुपरेको बताए। ‘आन्दोलनको बेला उत्तेजना पनि आउँछ तर त्यो सही विषय छनोट भएन भने उछृंखलतामा परिणत हुन्छ।’

नेकपाकै हृदयेश त्रिपाठीले प्रमुख प्रतिपक्षतर्फ संकेत गर्दै भने, ‘समितिको निर्णय र प्रधानन्यायाधीशबारे छलफल गर्न चाहेको हो ? हो भने हामी पनि तयार छौं, ०४८ सालदेखि यताको सबै गरौं।’

नेपाली कांग्रेसकी सांसद् पुष्पा भुषालले संसदीय समितिको निर्णय बारे आम जनताको कुरा संसद्मा उठाएको भन्दै संसदीय समितिले प्रधानन्यायाधीश दीपकराज जोशीलाई अयोग्य घोषणा गरेको प्रति असन्तुष्टि जनाइन् । उनले प्रधानमन्त्री अध्यक्ष हुने संवैधानीक परिषद्ले सिफारिस गरेको व्यक्ति अयोग्य भएपछि सिफारिस गर्ने प्रधानमन्त्री चाही कसरी योग्य भए भन्दै प्रश्न गरिन् । उनले प्रधानमन्त्री केपी ओलीलले यो विषयलाई आफ्नो नैतिकतासंग जोड्नु पर्नेमा जोड दिइन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।