बुधबार, असार ३१, २०८३

नारायणकाजीले बधाइ मागे, झलनाथ हाँसे मात्र

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनाल स्वास्थ्योपचारपछि सोमबार स्वदेश फर्किए। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपाका नेताहरू नारायणकाजी श्रेष्ठ र कृष्णगोपाल श्रेष्ठले ‘रिसिभ’ गरे। 

उपचार र थेरापीपछि स्वस्थ भएर स्वदेश फर्केकामा श्रेष्ठले खनाललाई बधाइ दिए। र, साथमा आफूलाई पनि बधाइ दिन आग्रह गरे। खनालले सोधे ‘केको बधाइ हो ?’ श्रेष्ठले जवाफ दिए, ‘मैले त्यत्रो पार्टीको प्रवक्ताबाट राजिनामा दिएँ, मलाई पनि बधाइ दिनुपर्‍यो नि।’ खनालले भने श्रेष्ठलाई बधाइ भनेनन्, हाँसी मात्र रहे। 

धुमवाराहीस्थित पार्टी कार्यालयबाट नारायणकाजी कसैलाई केही नभनी निस्केका थिए। त्यतिबेला कृष्णगोपाल पनि पार्टी कार्यालयमै थिए। विमानस्थलको भीआईपी कक्षमा भेट भएपछि कृष्णगोपालले नारायणकाजीलाई भने, ‘मलाई भन्नुभएको भए हुन्थ्यो नि। म पनि त यहीं आउनलाई निस्किन लागेको थिएँ नि।’

थाइराइड र मृगौलामा जमेको पत्थरीको उपचार गर्न खनाल ६ साउनमा उनी चीन उडेका थिए। चीनमा रहँदा सिचुवान प्रान्तको इन्टरनेसनल हस्पिटलमा वरिष्ठ चिकित्सक डा. ली नेतृत्वको १२ जनाको टोलीले प्यारा थाइराइडको शल्यक्रिया गरेको थियो। अर्का वरिष्ठ चिकित्सक डा. वाङ नेतृत्वको टोलीले मृगौलाको पत्थरी सफलतापूर्वक निकालेको थियो। 

दुवै चिकित्सक आ–आफ्नो विधामा ख्यातिप्राप्त छन्। परिवार स्रोतका अनुसार नेपालका चिकित्सकहरूले नै उनलाई चीनमा गएर उपचार गर्न सुझाएका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।