सोमबार, साउन २५, २०८३

चट्याङ लागेर वृद्धको मृत्यु

हावाहुरीसँगै चट्याङ् परेर सिराहाको गोलबजार नगरपालिका १० डण्डा टोलका एक वृद्धको ज्यान गएको छ।
 |  शनिबार, वैशाख ३१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९

लहान- हावाहुरीसँगै चट्याङ् परेर सिराहाको गोलबजार नगरपालिका १० डण्डा टोलका एक वृद्धको ज्यान गएको छ।

गाउँदेखि पूर्वपट्टि खेतमा भैंसी चराउन गएका बेला शुक्रबार अपरान्ह चट्याङ् लागेर स्थानीय ६५ वर्षीय रावीन्द्र महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

भैंसी चढेर चराउँदै गरेका बेला वर्षासहितको हावाहुरी चलेपछि चट्याङ् लागेर महतोसहित उनको भैसीसमेत मरेको छ।

प्रकाशित: May 14, 2022| 07:56 शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।