बुधबार, असार ३१, २०८३

घाँस काट्न गएकी सुशीलालार्इ बाघले लग्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
चितवन- भरतपुर महानगरपालिका-वडा नं २५ स्थित जंगलमा घाँस काट्न गएकी एक महिलालाई सोमबार बिहान बाघले लगेको छ । 

स्थानीय राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा साथीहरूसँगै घाँस काट्न गएकी सुशीला डुम्रेलाई बाघले लगेको स्थानीयवासी विकास पाठकले जानकारी दिए । 

उनलाई बाघले आक्रमण गरेको देखेपछि बेहोस भएका अर्का एकजनालाई उपचारका लागि अस्पताल लगिएको र एक जनाले भने भागेर ज्यान जोगाएका थिए । 

पाठकका अनुसार घटनास्थल नजीक शरीरका विभिन्न अंग फेला परे पनि उनको अवस्थाबारे पत्ता लागेको छैन । बाघले आक्रमण गरेको घटनाको पुष्टि गर्दै चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले हात्तीसहितको वन्यजन्तु प्राविधिक टोली सो क्षेत्रमा परिचालन गरिएको जानकारी दिए ।

चालु आर्थिक वर्षमा बाघले मान्छेमाथि आक्रमण गरेको यो पहिलो हो । अघिल्लो वर्ष बाघको आक्रमणबाट तीन जनाको मृत्यु भएको जनाइएको छ ।रासस
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।