बिहीबार, वैशाख २०, २०८१

स्थानीय निर्वाचनका प्रिय-अप्रिय दृश्य

यता राष्ट्रिय मानवअधिकार आयोगले भने स्थानीय चुनाव अपेक्षाकृत शान्तिपूर्ण नभएको निष्कर्ष निकालेको छ। शुक्रबार अपराह्न आयोगले पत्रकार सम्मेलन गरी मानव अधिकारको दृष्टिकोणबाट ७ वटा उच्चस्तरीय अनुगमन टोली र आयोगका कर्मचारी सम्मिलत ४५ वटा टोलीले ७७ जिल्लामै अनुगमन गरेपछि यस्तो निष्कर्ष निकालेको हो।
 |  शुक्रबार, वैशाख ३०, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

शुक्रबार, वैशाख ३०, २०७९

केही ठाउँमा बाहेक नागरिकको मत मतपेटिकामा खसिसकेको अवस्था छ। मतपेटिका गणनास्थलसम्म पुर्‍याउने क्रम जारी छ। निर्वाचन आयोगका अनुसार सम्भव भएसम्म आजै रातिबाट गणना सुरु गर्ने तयारी आयोगको छ।

triton college

काठमाडौं र भरतपुर महानगरमा गणना सुरु गर्ने तयारी भइरहेको छ। छिटफुट विवाद र झडपका बीच पनि देशभर उत्साहपूर्ण रूपमा चुनाव सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको छ। देशका  विभिन्न स्थानमा भएको झडपका कारण चुनावमा तनावसमेत भयो। ५ मतदान केन्द्रमा भने मतदान स्थगित गरिएको छ। जुम्लाको गुठिचौर गाउँपालिका, काभ्रेको पाँचखाल नगरपालिका, सप्तरीको डाक्नेश्वरी नगरपालिका, रौतहटको फतुवा विजयपुर नगरपालिका र कपिलवस्तु महाराजगञ्ज नगरपालिकामा मतदान स्थगित भएको हो।

जनतासामु परीक्षामा होमिएका १ लाख ४५ हजार ११ उम्मेदवारको नतिजा ब्यालेटमा खनिएको छ। जसलाई धेरैमा एक हप्ताभित्र सार्वजनिक गरिसक्ने आयोगले जनाएको छ।

यता राष्ट्रिय मानवअधिकार आयोगले भने स्थानीय चुनाव अपेक्षाकृत शान्तिपूर्ण नभएको निष्कर्ष निकालेको छ। शुक्रबार अपराह्न आयोगले पत्रकार सम्मेलन गरी मानव अधिकारको दृष्टिकोणबाट ७ वटा उच्चस्तरीय अनुगमन टोली र आयोगका कर्मचारी सम्मिलत ४५ वटा टोलीले ७७ जिल्लामै अनुगमन गरेपछि यस्तो निष्कर्ष निकालेको हो।

मतपेटिका तोडफोड तथा आगजनी हुनु, मतदान अधिृकत कुटिनुजस्ता घटनाले राजनीतिक दलले नै थप संयमता अपनाउन आवश्यक रहेको निष्कर्ष आयोगको छ। 

corrent noodles
Metro Mart

दिनभरजसो नागरिकले उत्साहपूर्वक मत दिन सहभागी भए। अझ मतदानस्थल टाढा भएको हुम्ला, गोर्खालगायतका हिमाली तथा उच्च पहाडी भेगमा अघिल्लै दिन मत खसाल्न हिंडेर आएका थिए। यसले नागरिकमा लोकतन्त्रप्रतिको आस्था र निर्वाचनप्रतिको विश्वास सकारात्मक नै रहेको देखिन्छ। 

मतदातालाई सवारी साधनमा ल्याउन तथा पुर्‍याउन नपाइने निर्वाचन आयोगको निर्देशनका कारण १०० वर्षमाथिका वृद्धवृद्धासमेत हिंडेरै मत हाल्न पुगेका थिए। मोरङको सुन्दरहरैंचा नगरपालिका–७ की ११३ वर्षीया महेश्वरा अधिकारीले मतदान गरेकी छिन् । यस्तै सिन्धुलीकी १०६ वर्षीया कुमारी सुनुवार्नीले समेत मतदान गरिन्। 

प्रकाशित: May 13, 2022| 21:52 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...