काठमाडौं- स्थानीय चुनाव २०७९ का लागि भएको मतदानमा पौने ५ बजेसम्म ६० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो जानकारी दिएका हुन्।
'पौने ५ बजेसम्ममा ६० प्रतिशत मत खसेको छ,' उनले भने, 'यो संख्या अझै बढ्न सक्छ। लाइनमा बसेका मतदाताले मत दिने क्रम जारी छ।'
उनले समग्रममा शान्तिपूर्ण र उत्साहपूर्ण रुपमा मतदान भएको बताए। यद्यपि केही स्थानमा गोली चलेको र विवादका कारण स्थगित भएको छ। यसको पूर्ण विवरण प्राप्त हुने कार्य जारी रहेको उनले बताए।
मतदान सम्पन्न भएका स्थानमा आजैदेखि गणना सुरु गरिने आयोगको तयारी छ।