शनिबार, साउन १२, २०८१

निर्वाचनमा सक्रिय सहभागिता जनाएको निजी क्षेत्रका कस्ता छन् अपेक्षा?

पहिलो कार्यकालमा अभ्यास र अनुभवको कमीका कारण निजी क्षेत्र र स्थानीय सरकारबीच प्रभावकारी सहकार्य हुन नसके पनि आउँदा दिनमा त्यसलाई सुधार गर्दै सहकार्य गर्न सकिने अपेक्षा निजी क्षेत्रको छ।
 |  शुक्रबार, वैशाख ३०, २०७९

किशोर दाहाल

किशोर दाहाल

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौं– शुक्रबार देशभर एकै चरणमा भएको स्थानीय तह सदस्य निर्वाचनमा निजी क्षेत्रको पनि सक्रिय सहभागिता देखियो। उद्योगी–व्यवसायीहरुले उत्साहपूर्वक मतदानमा सहभागिता जनाए। नेपालका एकमात्र डलर अर्बपति उद्योगी विनोद चौधरी त झन् चुनाव प्रचारप्रसारमा पनि सक्रिय रुपमा सहभागी भए। नवलपरासीका चौधरी कांग्रेसका सांसद पनि हुन्। 

triton college

कतिपय स्थानीय तहमा त उद्योगी–व्यवसायी आफैं चुनावी मैदानमा पनि उत्रिएका छन्। वीरगन्ज महानगरपालिकामा व्यवसायी विजय सरावगी दोस्रो कार्यकालका लागि मेयरको प्रतिस्पर्धामा छन्। नुवाकोटको विदुर नगरपालिकामा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य राजन श्रेष्ठ मेयर पदमा प्रतिस्पर्धा गर्दैछन्। पाँचथरको फिदिम नगरपालिकामा जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मित्रकुमार काफ्ले मेयरमा लडेका छन्। काठमाडौं महानगरपालिकाको मेयरमा मेडिकल इक्युपमेन्ट व्यवसायी सुशील थापाले उम्मेदवारी दिएका छन्।

ललितपुर महानगरपालिकाको उपमेयरमा जिल्ला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अजरमान जोशीले उम्मेदवारी दिएका छन्। स्थानीय तहमा उम्मेदवारी दिने निर्माण व्यवसायीको संख्या त निकै ठूलो छ। संविधानले अधिकारसम्पन्न बनाएको स्थानीय तहमा राम्रो नेतृत्व चयन हुन सके त्यसको सकारात्मक प्रभाव आर्थिक क्षेत्रमा पनि पर्ने भएकाले निर्वाचनको सदुपयोग गर्नुपर्ने उद्योगी व्यवसायी बताउँछन्। पहिलो कार्यकालमा अभ्यास र अनुभवको कमीका कारण निजी क्षेत्र र स्थानीय सरकारबीच प्रभावकारी सहकार्य हुन नसके पनि आउँदा दिनमा त्यसलाई सुधार गर्दै सहकार्य गर्न सकिने अपेक्षा निजी क्षेत्रको छ।

वीगन्ज महानगरपालिकाको मेयरका उम्मेदवार विजयकुमार सरावगी। उनी उद्योगी–व्यवसायी पनि हुन्।
निर्वाचनको माध्यमबाट उद्यमी–व्यवसायीलाई आकर्षित गर्ने र अवसर सिर्जना गर्ने नेतृत्व आउनेमा निजी क्षेत्र आशावादी देखिन्छ। स्थानीय तहले करमा सहुलियत र व्यावसायिक सहजीकरण गर्न सके लगानीमैत्री वातावरण बन्ने र स्थानीय स्तरमै रोजगारी सिर्जना हुने निजी क्षेत्रका प्रतिनिधिहरुले बताउँदै आएका छन्। 

Metro Mart
vianet

स्थानीय तहमा सक्षम प्रतिनिधि छनोट, लोकतन्त्रको असल अभ्यास, संघीयताको सफल कार्यान्वयन, स्थानीय तहको क्षमता विकास र व्यावसायिक वातावरण निर्माणका लागि यो निर्वाचन महत्वपूर्ण रहेको प्रतिक्रिया मतदानपछि उद्योगी–व्यवसायीले दिएका छन्। आफ्नो स्थानीय तहमा सुशासन कायम गर्ने र उद्योग–व्यवसायका लागि आवश्यक पूर्वाधार निर्माण गर्न आगामी नेतृत्वले भूमिका खेल्नुपर्नेमा उनीहरुले जोड दिएका छन्। उद्योग वणिज्य महासंघ निजी क्षेत्रको प्रतिनिधित्व गर्ने संस्था भएको तथा आफू मतदाता पनि भएकाले दुवै खालका अपेक्षा रहेको महासंघका अध्यक्ष शेखर गोल्छा बताउँछन्। खानेपानी, बिजुली, सडकलगायत पूर्वाधारको उचित प्रबन्ध हुने अपेक्षासहित आफू मतदानमा सहभागी भएको उनले सुनाए।

'निजी क्षेत्रको नेतृत्वकर्ताका हिसाबले औद्योगिक वातावरण निर्माणका लागि आवश्यक पूर्वाधारहरु बाटोघाटो, खानेपानी, विद्युत आपूर्ति लगायतका क्षेत्रमा सुधार होस् भन्ने अपेक्षा हुने नै भयो। तर, एउटा मतदाताका रुपमा सबै नेपालीको जस्तै टोल सुधार, फोहोरमैला व्यवस्थापन, छिटोछरितो सेवा प्रवाह, शिक्षा, खानेपानी, सुशासन लगायतका अपेक्षासहित मतदानमा सहभागिता जनाएको हुँ,’ उनले भने।

पहिलो कार्यकालमा अभ्यास र अनुभवको कमीका कारण निजी क्षेत्र र स्थानीय सरकारबीच प्रभावकारी सहकार्य हुन नसके पनि आउँदा दिनमा त्यसलाई सुधार गर्दै सहकार्य गर्न सकिने अपेक्षा निजी क्षेत्रको छ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले स्थानीय तहको विकासमार्फत समम्र मुलुकको विकासमा आगामी जनप्रतिनिधिले भूमिका खेल्नुपर्नेमा जोड दिए। यो निर्वाचनले आन्तरिक लोकतन्त्र र संघीयतालाई थप मजबुत बनाएको उनको भनाइ छ। 'यो स्थानीय तहको निर्वाचनले आन्तरिक लोकतन्त्र र संघीयतालाई थप दरिलो बनाएको छ। आजको मतदान प्रकृयाबाट चुनिएर आउने जनप्रतिनिधिहरुले मुलुकलाई आत्मनिर्भर बनाउनका लागि आन्तरिक उत्पादन बढाउन, मुलुकको उन्नति र प्रगतिका लागि जनता, सरकार र हामी निजी क्षेत्रसँग सहकार्य गर्ने अपेक्षा लिएका छौं। नवीनतम सोचका साथ अगाडि बढ्न र मुलुकको विकास गर्न यो स्थानीय निर्वाचन फलदायी हुन्छ भन्ने विश्वास छ,' मल्लले भने।

चेम्बरका उपाध्यक्ष कमलेश अग्रवालले संविधानले स्थानीय तहलाई दिएको अधिकार सदुपयोग गर्दै विकासतर्फ अगाडि बढाउनका लागि आगामी जनप्रतिनिधिले भूमिका खेल्नुपर्ने धारणा राखे। स्थानीय तहमा एकीकृत राजस्व नीति र स्थानीय तहको क्षमता विकासमा नयाँ जनप्रतिनिधिले काम गर्ने अपेक्षासहित आफूले मतदान गरेको उनले सुनाए।

'स्थानीय तहमा भएको आजको निर्वाचनमार्फत निर्वाचित हुने जनप्रतिधिहरुले स्थानीय तहलाई संविधानले दिएको अधिकारको पूर्ण सदुपयोग गर्दै मुलुकको विकासका लागि भूमिका खेल्ने अपेक्षासहित मतदानमा सहभागी भएको हुँ। सबै स्थानीय तहले जथाभावी कर उठाइरहेका छन्, यसले व्यावसायकि वातावरण निर्माण गर्दैन। यसका लागि सबै स्थानीय तहले एकीकृत राजस्व नीति ल्याउनुपर्छ। स्थानीय तहमा राजस्वबारे ज्ञानको अभाव छ। कस्तो व्यवसायमा कस्तो प्रकारको कर लगाउने भन्ने स्थानीय तहमा अन्योल छ। पछिल्लो पाँच वर्ष स्थानीय तह सञ्चालन गर्ने क्षमताको अभाव देखिएकाले यसमा सुधारको आवश्यकता छ,' अग्रवालले भने। संस्थागत रुपमा नै क्षमता विकास नगरेसम्म स्थानीय तह गठन गरी अधिकार प्रत्यायोजन गर्नुको उद्देश्य पूरा नहुने उनको तर्क छ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले आर्थिक क्षेत्रलाई बुझ्न सक्ने जनप्रतिनिधिको खाँचो रहेको औंल्याए। विगत ५ वर्षमा दर्ता शुल्क, उच्च कर लगायतका नीतिका कारण निजी क्षेत्रलाई उपेक्षा गरिएकाले नयाँ जनप्रतिनिधिमार्फत त्यसमा सुधारको अपेक्षासहित आफूले मतदान गरेको उनले बताए। 'आर्थिक क्षेत्रलाई बुझ्न सक्ने सक्षम नेतृत्व स्थानीय तहमा आवश्यक हुन्छ। विगतका पाँच वर्षमा स्थानीय सरकारले जथाभावी कर लगाउने, दर्ता शुल्क धेरै लिने र निजी क्षेत्रलाई उपेक्षा गर्ने काम भयो। आजको निर्वाचनमार्फत आउने नयाँ नेतृत्व आर्थिक वातावरण निर्माण गरी निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न सक्ने आउने हाम्रो अपेक्षा हो,' उनले भने।

कसले कहाँ गरे मतदान?

उद्योगी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आफ्नो गृहजिल्ला नवलपुरमा मतदान गरेका छन्। उनले नवलपुरको देवचुली नगरपालिका(२ स्थित दिव्य युवा समाज भटक मतदान केन्द्रबाट मतदान गरेका हुन्। 

उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले काठमाडौं महानगरपालिकाको सीतापाइलामा मतदान गरेका छन्। महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौंको विशालनगरस्थित मतदान केन्द्रबाट मत खसाले। उनका भाइ तथा बैंकर हेमराज ढकालले पनि सोही मतदान केन्द्रबाट मत दिएका छन्। महासंघका वस्तुगततर्फका उपाध्यक्ष दिनेश श्रेष्ठले कालिमाटी मतदान केन्द्रबाट भोट खसालेका छन्। 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले टोखा नगरपालिका वडा नम्बर ५ बाट मतदान गरे। चेम्बरका उपाध्यक्ष कमलेश अग्रवालले डिल्लीबजारस्थित पद्मकन्या क्याम्पस मतदान केन्द्रबाट मत दिएका छन्।

काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार रहेका मेडिकल इक्युपमेन्ट व्यवसायी सुशील थापाले कामनपा–४ बालुवाटारमा रहेको मतदान केन्द्रमा मतदान गरे। 

उता, वीरगन्ज महानगरपालिकाको मेयरका उम्मेदवारसमेत रहेका विजयकुमार सरावगीले वीरगन्ज महानगरपालिका वडा नम्बर १३ मा रहेको खाद्य संस्थान लिमिटेडस्थित मतदानस्थलमा मतदान गरे।

प्रकाशित: May 13, 2022| 17:24 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...