काठमाडौं- देशभरका ३२ वटा मतदान केन्द्रमा मतदान रोकिएको निर्वाचन आयोगले जानकारी दिएको छ। विभिन्न कारण विवाद उत्पन्न भएपछि ३२ वटा केन्द्रमा मतदान रोकिएको र पुन: सुरु गर्ने प्रयास भइरहेको आयोगले जानकारी दिएको हो।
सिन्धुपाल्चोक, काभ्रे, हुम्ला, जुम्ला, सप्तरी, रौतहट र बझाङका केही मतदान केन्द्रमा मतदान रोकिएको छ। त्यहाँ पुनः मतदान सुरु गर्ने प्रयास भइरहेको छ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाको एउटा मतदान केन्द्रमा भने दलहरुको सर्वदलीय बैठक बसेर मतदान रोक्ने निर्णय भइसकेको छ। उक्त स्थानमा जेठ १ गते मतदान गर्ने जनाइएको छ।