काठमाडौं- गोरखाको गण्डकी गाउँपालिका-६ को बालिका आधारभूत माध्यमिक विद्यायलमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ। झडप हुँदा मतदान रोकिएको प्रहरीले जनाएको छ।
झडपको स्थिति नियन्त्रण बाहिर गएपछि मतदान केही समयका लागि रोकिएको प्रहरीको भनाइ छ। नेपाल प्रहरीका प्रवक्ता बिष्णु कुमार केसीले घटनास्थलमा शान्ति सुरक्षा प्रभाव पर्ने देखिएपछि सुरक्षा कडा पारिएको बताए।
स्थिति नियन्त्रणमा आएपछि मतदान सुरु हुने प्रहरीले जनाएको छ।