सोमबार, साउन २५, २०८३

सवारी दुर्घटनामा २४ जना घाइते

दाङ र डोटीमा भएको सवारी दुर्घटनामा २४ जनाले ज्यान गुमाएका छन्।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौं- दाङ र डोटीमा भएको सवारी दुर्घटनामा २४ जनाले ज्यान गुमाएका छन्।

तुलसीपुर उपमहानगरपालिका-४ राना गाउँमा ना.अ प फा ९४१  नम्बरको एम्बुलेन्स र बा.८ च ६९२५ नम्बरको बलेरो एकआपसमा ठोक्किदा बिहीबार दिउँसो १० जना घाइते भएका हुन्। प्रहरीका अनुसार दुर्घटनामा बलेरोमा सवार तीन र एम्बुलेन्समा सवार सात गरी १० जना घाइते भएका छन्। 

बलेरोमा सवार सोही उपमहानगरपलिका-८ बस्ने ५७ वर्षीय टेक बहादुर बस्नेत र एम्बुलेन्स चालक रुकुम पश्चिम बाफीकोट गाउँपालिका-२ बस्ने ३२ वर्षीय कलीभान खत्रीसमेत १० जनाको राप्ती प्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको छ। घाइतेमध्ये पाँच जनाको अवस्था मध्यम र अन्यको सामान्य रहेको छ। 

यस्तै डोटीको शिखर नगरपालिका-४ धुरकोटस्थित सडकमा ना.१ज ३१५२ नम्बरको जिप बिहीबार दुर्घटनामा परेको छ। जिप सडकबाट करिब १ सय ५० मिटर तल खसेरकोमा जिप चालकसमेत १४ जना घाइते भएका छन्। 

घाइतेहरूलाई उपचारको लागि शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर र अन्यको सामान्य रहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: May 13, 2022| 12:30 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।