बुधबार, असार ३१, २०८३

स्मार्टफोन बजारमा हुवावे विश्वकै दोस्रो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-विश्वव्यापी स्मार्टफोनको बजारमा हुवावेले दोस्रो स्थान लिएको छ । आइडीसी, एसए, क्यानलिस तथा काउन्टरपोइन्टले  हालै सार्वजनिक गरेको विश्वव्यापी चौमासिक बजार अनुगमन प्रतिवेदनमा हुवावे दोस्रो स्थानमा रहेको जनाएको हो ।

उच्चस्तर, सर्वोत्कृष्ट प्रविधि तथा आकर्षक डिजाइन लगायतका कारण हुवावेले विश्वव्यापी ग्राहकमाझ लोकप्रियता तथा सकारात्मक प्रतिक्रिया बटुलिरहेको बताइएको छ ।

अनुसन्धान तथा विकासको लगानी नै हुवावेको सफलता रहेको कम्पनीको भनाइ छ । हुवावेले वार्षिक रुपमा १० प्रतिशतभन्दा धेरै कमाई अनुसन्धान तथा विकासमा लगानी गरिरहेको जनाइएको छ । प्राविधिक कम्पनीहरूमा अनुसन्धान तथा विकासमा हुने लगानीका आधारमा हुवावे सन् २०१७ मा छैटौं स्थानमा थियो । 

कम्पनीको अनुसार सन् २०१७ को हुवावेको वार्षिक प्रतिवेदनका आधारमा अनुसन्धान तथा विकासमा हुवावेका ४५ प्रतिशत अर्थात् करिब ८० हजार कर्मचारीहरू संलग्न रहेका थिए ।

स्मार्टफोनमा सर्वोत्कृष्ट क्यामरा विकास गर्न हुवावेले सन् २०१६ देखि अप्टिकल तथा इमेज प्रविधिमा लाइकासँग सहकार्य गर्दै आएको छ । 

सन् २०१८ को पहिलो ६ महिनाको अवधिमा हुवावे पी-२० प्रो स्मार्टफोनमा जडित विश्वकै पहिलो ट्रिपल क्यामराले इमेज क्वालिटीसम्बन्धी सबैभन्दा भरपर्दो कम्पनी डीएक्सओमार्कले  गरेको समीक्षामा सबैभन्दा धेरै अंक पाएको कम्पनीको भनाइ छ । 

 नेपालका लागि हुवावेका कन्ट्री डाइरेक्टर जोएस झुले सन् २०१४ बाट नेपाली बजारमा स्मार्टफोन उद्योगमा आधिकारिक रुपमा व्यवसाय सुरु गरेको बताए । उनले हुवावे सधैँ आफ्ना प्रयोगकर्ताहरूलाई उत्कृष्ट तथा तत्काल सेवा प्रदान गर्नेमा विश्वास रहेको भन्दै चाँडै उपत्यकाबाहिर सर्भिस सेन्टरहरू सञ्चालनमा ल्याउने जानकारी दिएका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्