शुक्रबार, कात्तिक १३, २०८३

एमाले कार्यकर्ताको आक्रमणमा परी कांग्रेस उम्मेदवार घाइते

बाजुराको बूढीगंगामा नेकपा एमालेका कार्यकर्ताले नेपाली कांग्रेसका कार्यकर्तामाथि आक्रमण गरेका छन्।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौं- बाजुराको बूढीगंगामा नेकपा एमालेका कार्यकर्ताले नेपाली कांग्रेसका कार्यकर्तामाथि आक्रमण गरेका छन्।

बुढीगंगा नगरपालिका-५ स्थित भानोदय माध्यमिक विद्यालय भवन मतदान केन्द्रमा एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि आक्रमण गरेको कांग्रेस नेता राजेन्द्र शाहले बताए।

खुकुरी प्रहारबाट कांग्रेसका वडाध्यक्ष उम्मेदवार खडक थापा, एजेन्ट गंगा जोशी र धनगिरी खत्री घाइते भएका उनले बताए। 

घाइतेहरुको अहिले टाँटे स्वास्थ्य चौकीमा उपचार भइरहेको शाहले जानकारी दिए। उनले फर्जी मत खसालिरहेका व्यक्तिहरूलाई रोक्न खोज्दा एमालेका नेता–कार्यकर्ता आक्रमणमा उत्रिएका बताए। शाहले एमालेका कार्यकर्ताले खुकुरी प्रहार गरेर आफ्ना कार्यकर्ताहरूलाई घाइते बताएको आरोप लगाए।

शाहका अनुसार एमाले बाजुराका सचिव भरत थापाले उक्त समूहको नेतृत्व गरेका थिए। मतदान स्थलमा आक्रमण भएपछि अहिले मतदान स्थगित भएको छ।

प्रकाशित: May 13, 2022| 12:01 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...