शुक्रबार, कात्तिक १३, २०८३

विभिन्न स्थानमा तनाव र झडप

आज बिहानदेखि जारी स्थानीय तह निर्वाचनका क्रममा विभिन्न जिल्लाका मतदान केन्द्रहरूमा तनावको अवस्था सिर्जना भएको छ।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौं– स्थानीय तहको मतदान देशभर भइरहेको छ। अधिकांश ठाउँमा मतदान शान्तिपूर्ण रुपमा भइरहे पनि केही स्थानमा भने झडपका घटनाहरु भएका छन्। केही स्थानमा भने प्रहरीले हवाई फायर नै गर्नुपर्ने अवस्था निम्तिएको छ।

प्रहरीको विवरणअनुसार देशका विभिन्न १६ स्थानमा झडपका घटना भएका छन्। स्थिति नियन्त्रणमा लिन हुम्लाको चंखेली गाउँपालिका केन्द्र, ओखलढुंगाको चम्पादेवी गाउँपालिका ९ मिश्र भन्ज्याङको मतदान केन्द्र र रामेछापको दोरम्बा,शैलुङ र खाँडादेवी गाउँपालिका, गोरखाको घ्याल्चोक, सर्लाहीको धनकौलका मतदान केन्द्रमा हवाई फायर भएको छ। कौडन्यामा पनि विवाद भएपछि हवाई फायर भएको छ। त्यस्तै बाजुराको बूढीनन्दा नपामा हवाइ फायर भएको छ।

दैलेखको ठाटीकाँध, काभ्रेको चौरी देउराली ६, बाराको पचरौती २ मा पनि मतदानस्थलमा झडपहरु भएका छन्। बाँकेको कोहलपुरमा माओवादी र एमाले कार्यकर्ताबीच खुकुरी हानाहान दुबै पक्षका एक एक जना घाइते भएका छन्। मतदानका क्रममा भएको झडपका कारण केही स्थानको मतदान प्रभावित बन्न पुगेको छ। रोकिएका धेरैजसो स्थानमा पुनः सुरु भइसकेको पनि छ।

प्रहरीका अनुसार सर्लाहीको धनकौल गाउँपालिकास्थित पशुसेवा मतदान केन्द्रमा गोली चलेको छ। मतदानस्थल र प्रतिनिधि छनोटबारे दलहरुबीच विवाद बढेपछि ढुंगामुढा प्रहार हुन थालेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ६ राउण्ड हवाई फायर गरेको हो। गोली चलेपछि उक्त मतदान केन्द्रको मतदान प्रक्रिया रोकिएको थियो। पछि स्थिति शान्त भएपछि सुचारु भएको छ। 

धनकौलमा मतदानस्थल कहाँ राख्ने भन्नेमा विवाद भएको थियो। निर्वाचन आयोगले भनेको स्थानमा मतदान केन्द्र राख्न नहुने भन्दै असन्तुष्ट बनेका समूहले ढुंगामुढा गरेका थिए।

उता बाराको देवताल गाउँपालिकामा रोकिएको मतदान पुनः सुरु भएको छ। बिहान ७ बजेबाट सुरु भएको मतदानमा करिब २५ जनाले सहभागिता जनाएपछि त्यहाँ होहल्ला भएको थियो। हात हालाहालको स्थिति सिर्जना भएपछि रोकिएको मतदान फेरि सुरु भएको छ।

त्यहाँ नेपाली कांग्रेसका र लोसपाका कार्यकर्ताबीचको झडपका कारण मतदान रोकिएको थियो।

त्यसैगरी ओखलढुंगाको चम्पादेवीमा मतदानका क्रममा कांग्रेस र एमाले समर्थित मतदाताबीच लाइन बस्ने विषयमा विवाद हुँदा झडप भएको छ। झडपका क्रममा वडाध्यक्षका उम्मेदवार घाइते भएका छन्। 

चम्पादेवी गाउँपालिका वडा नम्बर ९ स्थित जीवनज्योती मतदान केन्द्रमा कांग्रेस र एमाले समर्थक मतदाताबीच लाइन बस्ने विषयमा विवाद हुँदा झडप भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले बताएको छ। मतदान केन्द्रभित्र झडप भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ९ राउण्ड हवाई फायर गरेको थियो।

यता रामेछापको दुई स्थानमा गोली चलेको छ। दुईपक्षीय झडप हुँदा मतदान प्रभावित बनेको छ। दोरम्बा सैलुङ गाउँपालिकाको मानपुर कृष्ण मावि मतदान केन्द्रमा झडप हुँदा एक राउण्ड गोली चलेको हो। यस्तै खाँणदेवी गाउँपालिका स्थित वडा नम्बर १ राकाथम मतदान केन्द्रमा झडपलाई नियन्त्रणमा लिन ७ राउण्ड हवाई फायर भएको छ।

हुम्लामा पनि मतदानका क्रममा झडप भएको छ। एक समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि प्रहरीले ७ राउण्ड गोली चलाएको छ। स्थानीयको ढुंगामुढाबाट मतदान अधिकृतसहित २ जना घाइते भएका छन्। माथिल्लो हुम्लाको चंखेली गाउँपालिका २ स्थित महादेव मावि मतदान केन्द्रमा तनाव भएको हो। 

उता दोलखाको वैतेश्वर गाउँपालिकामा मतदान स्थगित भएको छ। मतदानका विषयमा झडप हुँदा मतदान स्थगित भएको हो। कालिढुंगा मावि मतदान केन्द्रमा विवाद भएको हो। 

यस्तै मेलुङ गाउँपालिकाको वडा नम्बर ४ स्थित मतदान केन्द्रमा पनि तनाव भएपछि हवाई फायर भएको छ। दुई स्थानमा गरी १३ राउण्ड हवाई फायर भएको छ।

यसैगरी ओखलढुंगाको चम्पादेवी गाउँपालिकास्थित वडा नम्बर ९ को एक मतदान केन्द्रमा पनि तनाव भएको छ। यस्तै माथिल्लो डोल्पामा पनि तनाव भएको छ। 

मोरङको लेटाङमा मतदानका क्रममा विवाद भएको छ। सुकुम्बासी परिचयपत्र भएकाहरूको नाममा भोट हाल्न खोज्दा विवाद भएको हो। विवाद समाधान गरेर मतदान सुचारु गरिएको छ।

प्रकाशित: May 13, 2022| 11:33 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...